• ६ चैत २०८१, बुधबार

जिप दुर्घटनामा एक जनाको मृत्यु

blog

जिप दुर्घटना स्थल । तस्बिर ः साधन

साधन घर्ती 

म्याग्दी (दरबाङ) ,चैत ६ गते । म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका–४,महभिर सुङ्रेपानीमा बुधवार बिहान ग १ ज ५६१२ नम्बर बोलेरो जिप दुर्घटना हुँदा सोही वडाको च्युरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठले जानकारी दिनुभयो । जिप सुङ्रेपानीबाट च्युरीबोटतर्फ जाँदै गर्दा बिहान करिब साढे ६ बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुन पुगेको डिएसपी श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार चालक ३३ वर्षीय शेरबहादुर बिक ,च्युरीबोटका ३१ नगेन्द्र गोतामे , वर्ष २२ वर्षीय भीमप्रसाद गोतामे घाइते र यमिन्द्र रसाइली घाइते हुनुभएको छ । जिप सडकदेखि करिब ६० मिटर तल खसेको छ । घाइते मध्ये भीमप्रसाद र यमिन्द्रको अवस्था सामान्य रहेको छ ।

 जिपमा पाँच जना सवार थिए । घाइतेहरू मध्ये नगेन्द्र दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । भने गम्भीर घाइते चालक बिकलाई थप उपचारका लागि पोखरा पठाइएको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले उद्धार गरेका थिए ।