• ६ चैत २०८१, बुधबार

चार साथीको कथा ‘खेल’

blog

काठमाडौँ, चैत ६ गते । चलचित्र ‘खेल’ को  पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य,  समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहनुभएको छ । रोयल भीमसेनले डिजाइन गरेको पोस्टर रहस्य र डर झल्काउने गाढा निलो र कालो रङको संयोजनमा तयार पारिएको छ । चलचित्रलाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गर्नुभएको छ । यसको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा आधारित रहेको छ ।