• ५ चैत २०८१, मङ्गलबार

गरामनी क्याम्पसमा प्रजातान्त्रिक विद्यार्थी संगठन विजयी

blog

विजयी विद्यार्थी।तस्बिरः लीलाराज खड्का

लीलाराज खड्का 

विर्तामोड, चैत ५ गते। गरामनी क्याम्पस विर्तामोडको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको प्यानल विजयी भएको छ ।

४० जना विद्यार्थीमध्ये २० जना उम्मेद्वार बनेकोमा ३७ जनाले मतदानमा भाग लिएका थिए।अन्तिम मत परिणाम अनुसार राप्रविसंका केशव खरेल २३ मत ल्याउँदै सभापतिमा निर्वाचित भएका छन्।उहाँका प्रतिस्पर्धी अनेरास्ववियुकी बिमला गिरीले ६ र नेपाल विद्यार्थी संघका रोनिश पाठकले मात्र ८ मत पाउनुभएको छ ।

त्यस्तै सचिवमा राप्रविसंकै सन्दिप अधिकारी २१ मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुकी सुनिता संग्रौलाले ६ र नेविसंघकी सन्जिला कार्कीले मात्र १० मत प्राप्त गर्नुभएको छ।

त्यस्तै कोषाध्यक्षमा पनि राप्रविसंकै रामकृष्ण पौडेल १९ मतसहित निर्वाचित हुनुभएको छ।