काठमाडौँ, चैत ५ गते । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो ।
ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताउनुभयो ।
प्रहरीले अवैध रकमसहित पक्राउ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थायी ठेगाना भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ मा बसोबास गर्दै आएका ४३ वर्षीय कुसाङ लामालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार दिउँर्सो काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले लामालाई सार्वजनिक गरेको हो ।
रासस