• ४ चैत २०८१, सोमबार

एपिएफलाई महिला कबड्डी उपाधि

blog

उपाधि विजेता एपिएफका खेलाडी ।

काठमाडौँ, चैत ४ गते । २०औँ राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपिएफ क्लबले जितेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपिएफले विभागीय प्रतिस्पर्धी नेपाल आर्मी क्लबलाई २८–२२ ले हरायो । 

अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी तेस्रो भयो । शीर्ष तीनमा रहने क्रमश: दुई लाख, एक लाख र ५०/५० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगितामा प्रहरीकी मानमति विष्ट उत्कृष्ट रेडर र एपिएफकी जयन्ती बडू उत्कृष्ट डिफेन्डर घोषित हुनुभयो । तीनदिने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको थियो ।