दोलखा समाचारदाता
दोलखा, चैत ४ गते । दोलखाको सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिकाको खोरथली सामुदायिक वन क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रम सुरु भएको छ । डिभिजन वन कार्यालयले सदरमुकामनजिक रहेको र सबैको निगरानी पु-याउन सकिने देखिएकाले यो कार्यक्रम लागु गरिएको वन अधिकृत कृष्णराज न्यौपानेले जानकारी दिनुभयो । वनमा उपभोक्ता समूहको सव्रिmयता रहेको छ । यहाँ सफल भए अन्यत्र विस्तार गर्दै लैजाने तयारी रहेको छ । वनको गोबे्र र पाटे सल्लो काटिने छन् । ६० वर्षसम्मको दिगो योजना बनाएर वन व्यवस्थापन सुरु गरिएको हो ।
यहाँको वनक्षेत्र १७३ हेक्टरमा फैलिएको छ । पहिलो वर्ष करिब १२ हेक्टर वन व्यवस्थापन गरिने वन अधिकृत न्यौपानेले बताउनुभयो । वन व्यवस्थापनपछि यो वनले छ लाख रुपियाँ आम्दानी गर्ने छ । रुख काटिएका क्षेत्रमा माउरुख राखिने छन् । यसो गर्दा अन्य साना बिरुवा हुर्कन सहज हुने गर्दछ । वनका बुढा र काट्नयोग्य रुखमा टाँचा लगाइएको छ । काटिएका क्षेत्रमा नयाँ जातका बिरुवा रोपिने छ । घना वन भने काँटछाँट विधिबाट काटिने छ । बर्सौंदेखि संरक्षण गर्दै आएको वनबाट आम्दानी लिनुपर्ने हो तर पनि सम्बन्धित निकायबाट नै रोकिएकोमा बल्ल कटान सुरु भएको वन समूहका सचिव श्याम गौतमले बताउनुभयो । वन व्यवस्थापन हुन नसक्दा हरेक वर्ष डढेलोले सयौँ हेक्टर विनाश हुने गरेको छ । कार्यक्रम लागु भएकाले हरेक वर्ष वन समूहले आम्दानी गर्ने वातावरण बन्ने उहाँले जानकारी दिनुभयो ।
यस अगाडि पनि लागु भएको वन व्यवस्थापन कार्यक्रम सरकारी राजस्व उच्च हुँदा सफल हुन सकेको थिएन । अब राजस्व घटेको र बजारमा माग पनि बढेकाले कटान काठ बिव्रmीमा समस्या नहुने वन अधिकृत न्यौपानेले बताउनुभयो । डिभिजन वन कार्यालयले पहिलो चरणमा यो कार्यक्रम थाङ्सा देउराली वन समूह, जिरीको जिरेश्वर वन समूह, कालिञ्चोकको सुन्द्रावती छरछरेपाखा वन समूह छनोटमा परेका छन् । काटिएका रुखको नापजाँच गरिँदै ।