• २ चैत २०८१, शनिबार

एमाले र कांग्रेसको मिलापले माओवादीको पहिचान धुमिल भयो : प्रचण्ड

blog

माओवादी मेलम्ची नगर समिति सिन्धुपाल्चोकको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

विदुर आचार्य

चौतारा, चैत १ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादी कहिले कांग्रेस र कहिले एमालेसँग मिल्दा माओवादीको पहिचान धुमिल भएको बताउनुभएको छ। 

माओवादी केन्द्र मेलम्ची नगर कमिटीको तेस्रो अधिवेशनको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा माओवादी आफ्नै खुट्टामा टेक्ने उद्घोष गर्नुभयो। ०८४ मा देशको एक नम्बरको दल बनाउन कार्यकर्तालाई अनुरोध गर्नुभयो। 

‘पुराना माओवादीलाई जागरुक गर्ने अभियानमा छौँ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता र संविधान निर्माणको जिम्मेरी पुरा गरेको नाताले यो देशको जिम्मा माओवादीले लिनैपर्ने भएको छ।’ 

अध्यक्ष प्रचण्डले माओवादी नेतालाई जनसेवामा लाग्न निर्देशन दिनुभयो। सिन्धुपाल्चोकसँग आफ्नो सम्बन्ध भएको उल्लेख गर्दै विपद्पछिको मेलम्ची प्रति राज्य अनुदार भएको आरोप लगाउनुभयो।