गुणबहादुर रोका
सुलीकोट, फागुन २८ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको स्थापना दिवसको अवसरमा भएको प्रथम अध्यक्षकप राष्ट्रिय पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विद्यान अधिकारी र प्रविन लिङथेपलेको टोलीले उपाधी हात पारेको छ ।
धार्चे गाउँपालिकाको फागुन २५ गतेदेखि ३ दिनसम्म माछी खोलामा भएको प्रतियोगिताको फाइनल खेलमा तन्दुरी हाउस काठमाडौँलाई हराउँदै उपाधी हात पारेको हो । तीन विधामा प्रतियोगिता भएको थियो ।
त्यस्तै गरी तन्दुरी हाउस काठमाडौँबाट सुप्रिम पन्त र सुबिन श्रेष्ठको जोडी दोस्रो हुन सफल भएका छन् भने महेन्द्र नगर कञ्चनपुर घोराही दाङबाट बिबेक चौधारी र हिमन्सु कबर मगरको जोडी र धादिङ र लम्जुङबाट राम मल्ल ठकुरी र सुजन थापाको जोडी तेस्रो बन्न सफल भएको गाउँपालिकाले जनाएको छ । पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः ७५ हजार, ४५ हजार र १५ हजार रकम पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
खुला जिल्ला स्तरिय बिद्यातर्फ धादिङका भिषण श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडी पहिलो बन्न सफल छन् । धादिङको जेनिश अमात्य र बुद्धि थापाको जोडी दोस्रो, गोरखाको मुकुल गुरुङ र छत्र थापा तथा धादिङका बिष्णुलाल श्रेष्ठ र कृष्ण कुमार श्रेष्ठको जोडी तेस्रो बन्न सफल भएको छ ।
पहिलो दोस्रो र तेस्रो हुने जोडीलाई क्रमशः ४५ हजार, ३० हजार, ७ हजार ५ सय नगदले पुरस्कार प्राप्त गरेका छन् । गोरखा जिल्ला अन्तरपालिकास्तरिय पुरुष युगल विधामा बारपाक सुलिकोट गाउँपालिकाका कृष्ण गुरुङ र रमेश थापाको जोडी पहिलो भएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यांलय गोरखाका लिलाबहादुर रानाभाट र वीरबहादुर थापा दोस्रो र शहीद लखन गाउँपालिकाका डिल थापा र निर्मल थापा तथा गोरखा नगरपालिकाका सुजन भट्ट र अन्जित श्रेष्ठ तेस्रो बनेको छ । पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार, २० हजार, ५ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् ।