• २८ फागुन २०८१, बुधबार

मुसेखोला–गाँखु–चित्रेपोखरी सडक स्तरोन्नती

blog

स्तरोन्नती गरिँदै गोरखाको मुसेखोला–दानीगाउँ–ठुलो गाँखु–पात्लेगाउँ–चित्रेपोखरी सडक । तस्बिर :

गुणबहादुर रोका    
सुलीकोट, फागुन २७ गते ।
गोरखाको मुसेखोला–दानीगाउँ–ठुलो गाँखु–पात्लेगाउँ–चित्रेपोखरी सडक स्तरोन्नती भएको छ । सिरानचोक गाउँपालिका–६ बाट गाउँपालिकाको कार्यालय चित्रेपोखरी पुग्ने सडक खण्ड स्तरन्नती भएको हो । 

सडक स्तरोन्नती भएसँगै मुुसे खोलाबाट गाउँपालिकाको कार्यालयसम्म पुग्न वर्षातका समयमा हिलाम्मे सडक र भौगोलक अवस्थाका कारण धुलाम्मै सडक भएर यात्रा गर्नुपर्ने अवस्था अन्त्य भएकोे पूर्वाधार कार्यालय गोरखाका इन्जिनियर सुनिलकुमार कुशाहले जानकारी दिनुभयो । 

सिरानचोक गाउँपालिकाको धेरै जनसङ्ख्या भएको मुसेखोला, ठुलो गाँखु पात्लेगाउँका स्थानियहरूले सिरानचाेक गाउँपालिका हुँदै अजिकरोट गाउँपालिकाका पुग्ने महत्त्वपूर्ण सडक भएकाले सिरानचोक गाउँपालिकाको जनप्रतिनिधिको विशेष पहलमा पालिका जोड्ने महत्त्वपूर्ण सडकखण्ड भएकाले पनि  ग्याबिन, रिटनिङ, स्टक्चर, टेबा, पर्खाल, पक्कीनालीको काम सम्पन्न गरी सडक स्तरोन्नती गरिएको छ ।

सडक स्तरोन्नतीले तीव्रता पाएसँगै अबको दिनदेखि नयाँ साघुँ मुसे खोलाका स्थानिय तथा ठुलो गाँखुका स्थानीय नागरिकहरू चोरकाटे, छोप्राक मैदान हुँदै गाउँपालिकाको कार्यालय पुग्न लामो सडक भएर यात्रा गर्नु पर्ने बाध्यता अन्त्य भएको स्थानियहरूले बताएका छन् । 

सडक स्तरोन्नतीका लागि चालु आर्थिक वर्षको पूर्वाधार कार्यालयको बजेटबाट तीन करोड २३ लाख ५८ हजार रुपियाँ बराबरको बजेट पूर्वाधार कार्यालय गोरखाले ठेक्का मार्फत झण्डै २ किलोमिटर ३०० मिटर सडक स्तरोन्नती हुने भएको हो ।

सडक फराकिलो साथै घुम्ती र मोडमा आरसिसी ढलान नाली र ग्याबिन जाली निर्माण गरेर सडक स्तरोन्नती गरिएको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताउनुभयो ।  सडक स्तरोन्नती भएपछि जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता अन्त्य हुने भएको छ ।

साँघरो र त्यहि माथि घुम्ति मोड भएकाले हिउँदमा पनि यात्रा गर्न असहज भएको थियो, कार्यालय प्रमुख सुवेदीले भन्नुभयो, “अबदेखि हिउँद र बर्खामा छोटो बाटो भएर सडक यात्रा सहज तबरबाट गाउँपालिकाको कार्यालय पुग्न सकिने छ ।’’

पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनी गोल्डेन निर्माण एन्ड सप्लार्यस प्रालिसँग २०८१ असार १० गते सम्झौता भएर २०८२ असार १० गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।