• २८ फागुन २०८१, बुधबार

प्रतिपक्षीदलको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित

blog

सुदूरपश्चिम प्रदेशसभा बैठक

भावना जोशी
अत्तरिया, फागुन २७ गते ।
प्रतिपक्षीदलहरूको अवरोधका कारण सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ । १९ औं प्रदेशसभा बैठकमा उपस्थित प्रतिपक्षिदल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरू उभिएर विरोध गरेपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

प्रतिपक्षी सम्पूर्ण दलको प्रतिनिधित्व गर्दै सभामुख भिम भण्डारीले नेकपा एसका प्रदेशसभा सदस्य नरेश शाहीलाई आफ्ना माग राख्न समय दिनुभएको थियो । बैठकमा बोल्नुहुँदै शाहीले सरकारलाई भार पर्नेगरी सरकारले अनावश्यक रूपमा गरेका प्रदेश निती तथा योजना आयोग लगाएतका नियुक्तीहरू खारेज गर्नुपर्ने माग राख्नुभएको थियो । 

प्रतिपक्षीदलले अवरोध गरेको भन्दै सभामुखले सम्पूर्ण कार्यसूची बैठकबाट हटाएको जानकारी दिनुभयो ।  प्रदेशसभामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले केही उद्योग तथा वन सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथी सामान्य छलफल गर्ने कार्यसूचीमा राखिएको थियो ।