• २८ फागुन २०८१, बुधबार

मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

blog

स्ववियु सभापतिमा निर्वाचित गोविन्द भण्डारी ।

राधाकृष्ण डुम्रे
वालिङ, फागुन २७ गते ।
स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ ।

क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी सङ्घका गोविन्द भण्डारी सर्वसहमतिमा निर्वाचित हुनु भएको क्याम्पसका पूर्व स्ववियु सभापति खगेन्द्र भण्डारीले जानकारी दिनुभयो  ।

नेविसङ्घबाट सचिव समीक्षा तिवारी, सह–सचिव पूजा बस्याल निर्वाचित हुनुभएको छ भने अनेरास्ववियुबाट उपाध्यक्षमा भूमिका बस्याल, कोषाध्यक्ष तिर्सना क्षेत्री निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरूमा लक्ष्मी पराजुली देवि तिवारी, सौगात पल्ली, सलिना न्यौपाने, अन्जली श्रेष्ठ कृष्ण न्यौपाने रहनुभएको छ ।

दुई वटा सङ्गठन निर्वाचनका लागि दर्ता भएको र सहमतिमै नेतृत्व चयन भएकाले निर्वाचित टिम घोषणा गरिएको हो । ११ सदस्यीय विद्यार्थी युनियनमा नौं जना नेविसङ्घबाट र दुई जना अनेरास्ववियु उपसभापति र कोषाध्यक्षमा समावेश भई समिति गठन भएको पूर्व सभापति भण्डारीले जानकारी दिनुभयो । 

स्याङ्जाका आठ वटा क्याम्पसमा स्ववियु चुनावको तयारी भइरहेको छ । यो वर्ष केही क्याम्पसले मनोनयन दर्ताको काम केही दिनमा सक्ने नेविसङ्घका पूर्व जिल्ला सभापति अजित क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यतालिका आजका लागि भए पनि आन्तरिक तयारी नपुगेर समय हेरफेर हुन लागेको हो ।