गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनले विदुर सुवेदीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा मञ्जु गुरुङ र नहिम अन्सारी निर्वाचित हुनुभएको छ । त्यस्तै महासचिवमा तिलोत्तम पौडेल र उपमहासचिवमा नरेन्द्र डङ्गोल निर्वाचित हुनुभएको छ । सचिवहरू मधुसूदन सापकोटा, प्रदीपकुमार लामिछाने, रोशना खडका र पिवन्त न्यौपाने निर्वाचित हुनुभएको छ । महाधिवेशनले ६५ सदस्सीय केन्द्रीय समिति चयन गरेको हो ।
यसैगरी लेखा समिति संयोजकमा रामशरण पौडेल निर्वाचित हुनुभएको छ । लेखा समिति चार सदस्यीय रहेको नवनिर्वाचित पदाधिकारीले बताउनुभयो ।