• २२ फागुन २०८१, बिहिबार

प्रतिनिधिसभा बैठक सुरु

पाँच अध्यादेश स्वीकृतिका लागि प्रस्तुत हुँदै (प्रत्यक्ष प्रसारण)

blog

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २१ गते । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेदेखि सुरुभएको छ । आजको बैठकमा सरकारले ल्याएको पाँच वटा अध्यादेश प्रस्तुत हुने कार्यसूची रहेको छ । 

संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गर्नुभएको दैनिक कार्यसूचीमा नेपाल कानुन व्यावसायी परिषद (दोस्रो संशोधन) विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिनेछ ।

त्यस्तै, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ । सरकारले ल्याएको पछिल्लो पाँच वटा अध्यादेश स्वीकृतिका लागि बैठकमा प्रस्तुत गरिने कार्यसूची छ ।