• ९ असार २०८२, सोमबार

झ्याप झ्याप विद्युत् आउने जाने गरेपछि विद्युत् कार्यालयलाई ध्यानाकर्षण

blog

बिन्दु थापा 

पाल्पा, असार ९ गते । पाल्पाका विभिन्न राजनीतिक दलले विद्युत् अनियमितता बारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले विद्युत् अनियमितताबारे ज्ञापन मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

जिल्लामा अघोषित लोडसेडिङ भएको र यसबाट समस्या परेको भन्दै ध्यानाकर्षण गराएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले बताउनुभयो । लिफटिङ खानेपानी, प्रशासनिक काम, व्यापारिक प्रयोजनमा गरिएका काम अवरुद्ध लगायत यहाँका उपभोक्ताले समस्या भोग्नुपरेका ज्ञापन पत्रमा उल्लेख छ । यस्तै अर्बौँ बक्यौता नतिरेका उद्योगीलाई पूर्ण समय विद्युत् उपलब्ध गराउने तर आम सर्वसाधारणका लागि विद्युत् काट्ने कुराले दुखित बनाएको ज्ञापन पत्रमा भनिएको छ । बिना सूचना नागरिकलाई विद्युत् सेवाबाट वञ्चित गर्ने कार्य तत्काल बन्द गर्ने माग रहेको अध्यक्ष विशाल दलार्मीले बताउनुभयो । 

नेकपा एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्ले, नेकपा माओवादी केन्द्र अध्यक्ष राजेन्द्र विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी कार्यवाहक सभापति सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष डुलबहादुर कुँवर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष अशोककुमार शाही, कार्यालयमा पुगेर जिल्लाको विद्युत् अनियमितता बारे ज्ञापन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । नेपाल विद्युत् प्राधिकरण पाल्पा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएको राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले जानकारी दिनुभयो ।