• २० फागुन २०८१, मङ्गलबार

कुटपिट गरी श्रीमतीको हत्या

blog

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, फागुन १९ गते । सिन्धुलीको दुधौली नगरपालिका–८ कछुवाखाडी निवासी १७ वर्षीया अनिसा सदाको कुटपिट गर श्रीमानले हत्या गरेका छन् । 

मृतकमा श्रीमान् २२ वर्षीय दिनेश सदाले अनिसालाई आइतबार राति अन्दाजी ९ बजेतिर आफ्नै घरको भान्सा कोठामा हत्या गरेको स्थानीयले बताएका छन् ।  स्थानीयले टेलिफोन गरी सोमबार बिहान घट्नाबारे जानकारी गराएपछि अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सिन्धुलीका एसपी गोविन्दराज काफ्ले घट्नाको विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार पहिलेदेखि नै श्रीमान् श्रीमतीबिच सम्बन्ध राम्रो थिएन ।  

मृतकको शव हाल पोस्टमार्टमका लागि दुधौली नगर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । निजले घाँटी थिचेर श्रीमतीको हत्या गरेको स्थानीयले बताएका छन् ।