• १७ फागुन २०८१, शनिबार

महिला मृत फेला

blog

गोकर्ण पौडेल

तुलसीपुर, फागुन १७ गते । तुलसीपुरमा एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  मृतकको साथमा रहेको कागजमा वीरेन्द्रनगर नगरपालिका १२ का ४० वर्षीया सीता पोख्रेल लेखिएको छ । 

उक्त पोलिक्लिनिकको कागज हेर्दा महिलाको ठेगाना सुर्खेत हुनसक्ने अनुमान गरिएको छ । तुलसीपुर–३ राम्रीस्थित भित्री कच्ची सडकमा शनिबार बिहान उत्तानो परेको अवस्थामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय मिलन घर्तीका अनुसार घटना गएरातिको हुनसक्ने अनुमान गरिएको छ । अहिले प्रहरी चौकी गोटिखोलाको प्रहरीले घटनास्थल सुरक्षीत राखेको छ । मृतकका आफन्तलाई सम्पर्क गर्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोजराज खत्रीले बताउनुभयो । 

अहिलेसम्म आफन्त कोही पनि सम्पर्कमा नआएको भन्दै उहाँले केही समयसम्म आफन्तसँग सम्पर्क हुन नसकेपछि प्रहरीले प्रक्रिया अघि बढाएको बताउनुभयो ।