कमाएर लानेहरूले लगे के
ठगी गर्न सक्नेहरूले ठगे के
यहीँ छन् ठगेका सबै यत्रतत्र
बुझेनन् कसैले ठगे ठग्न मात्र
उदाएर अस्ताउने भानु जस्तो
उही माहुरीझैँ बिना रानु जस्तो
सबै पाहुना हुन् यहाँ साथ बस्ने
छ छोडेर जाने झुटो गाथ कस्तो
मुठी पार्न आयो गयो फेरि खोली
जलाएर फाल्ने छ यो देह पोली
कुनै साथ जाने हुँदैनन् मरेर
सबै लान्छु मेरो भनेझैँ गरेर
धनी हो भनी सूर्यले दिन्न ताप
दुरी एक नै हो सबै वस्तु नाप
न खोला नदीले चिसो बाँड्नु पानी
कुनै कन्दरामा कुनै राजधानी
छ यो पाहुनाझैँ न लामो छ आयु
मरेका यहाँ छन् नपाएर वायु
कुनै भोकले मर्न लाग्छन् ठगेर
छ अस्ताउँदै यो दुःखी ज्यान हेर