काठमाडौँ, फागुन ९ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि जापानी राजदूत तोरु मायदाले शिष्टाचार भेट गर्नुभएको छ । सहरी विकास मन्त्रालयमा बिहीबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ ।
उपप्रधानमन्त्री सिंहसँगको भेटमा नेपाल र जापानबिचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको भेटपछि नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।