• १२ फागुन २०८१, सोमबार

‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक

blog

आपतकालीन चिकित्सकीय समूह परिचालन कार्यविधि २०८१ सम्बन्धी ‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक । तस्बिर : रासस

काठमाडौंँ फागुन ८ गते । आपतकालीन चिकित्सकीय समूह परिचालन कार्यविधि २०८१ सम्बन्धी ‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक सम्पन्न भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीको अध्यक्षतमा बिहीबार बैठक सम्पन्न भएको केन्द्रले जनाएको छ । 

यसैबिच, आज नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य आपत्का तथा विपद् पूर्वतयारी तथा प्रतिकार्यमा भए र गरेका कार्यहरूको समीक्षा गरी नेपालका लागि कार्यान्वयन गर्न योग्य र प्रभावकारी सुझावहरू पेस गर्न प्राविधिक समितिको बैठक प्रा.डा. प्रदीप वैद्यको अध्यक्षतामा बसेको केन्द्रले जनाएको छ । रासस