• ९ फागुन २०८१, शुक्रबार

प्रजातन्त्र दिवसमा दीप प्रज्ज्वलन

blog

जिल्ला प्रशासन कार्यालयको परिसरमा सामूहिक रुपमा दीप प्रज्वलन गरिदै । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ताप्लेजुङमा दीप प्रज्वलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको अगुवाईमा आज साँझ दीप प्रज्वलन गरिएको हो । 

७५ औँ प्रजातन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयको परिसरमा दीप प्रज्वलन तथा शुभकामना आदानप्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्का, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले संयुक्त रुपमा दीप प्रज्वलन गर्नुभएको थियो । 

जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको बिगुल फुकेको आजको दिन सबै नेपालीका लागि गौरवपूर्ण र ऐतिहासिक भएकाले ताप्लेजुङमा समेत दीप  प्रज्वलन गरी मनाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।