दुबई, माघ ३० गते । प्यालेस्टिलाई सार्ने कुरा ‘अरब जगतका लागि अस्वीकार्य’ हुने अरब लिगले जनाएको छ । अरब लिगका महासचिव अहमद अबुल घेइतले बुधबार गाजा पट्टी र वेस्ट बैङ्कबाट प्यालेस्टिनीलाई कुनै पनि प्रकारको विस्थापन गर्ने कुरा अरब जगत्लाई अस्वीकार्य रहेको बताउनुभएको हो ।
दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलनमा उहाँले भन्नुभयो, “आज गाजामा ध्यान केन्द्रित गरिएको छ र भोलि प्यालेस्टाइनलाई यसका ऐतिहासिक बासिन्दाहरूबाट खाली गराउने उद्देश्यका साथ यो वेस्ट बैंकमा सर्नेछ ।
उहाँले भन्नुभयो, “करिब १०० वर्षदेखि यस विचारसँग लडिरहेका यो अरब समुदायका लागि अस्वीकार्य छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट बाहिर निकाल्ने योजनाबारे टिप्पणी गर्दै अबुल घेइतले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “एक शताब्दीको प्रतिरोध गरेका हामी अरब समुदायहरू अब कुनै पनि तरिकाले आत्मसमर्पण गर्ने कुराको पक्षमा लाग्नेछैनौँ । हामीले कुनै राजनीतिक, सैन्य वा सांस्कृतिक हार बेहोरेका छैनौँ भने किन यसो गर्नुपर्ने ?” रासस/एएफपी