• १३ साउन २०८१, आइतबार

त्रियुगाको ६० प्रतिशत मतगणना हुँदा काङ्ग्रेसकोे अग्रता

blog

उदयपुर, जेठ १४ गते । उदयपुरको त्रियुगा नगरपालिकाको करिब ६० प्रतिशत मतगणना हुँदा नेपाली काङ्ग्रेसले फराकिलो अग्रता पाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार त्रियुगा नगरमा खसेको कुल मत ४० हजार १७९ मत  मध्ये गणना भएको २३ हजार ९७५ मतमा काङ्ग्रसको प्रमुख पदका उम्मेदवार बसन्त बस्नेतले आठ हजार २०० मत पाएका छन् । दोस्रो स्थानमा रहेको नेकपा (एमाले)को भागवत राउतको भन्दा एक हजार ८२३ मत बढि हो भने गठबन्धनतर्फको नेकपा (एकिकृत समाजवादी) को बलदेव चौधरीको भन्दा एक हजार ८९८ मत बढि हो । 

यो परिणामको गणनासम्म आउँदा सुरुदेखि तेस्रोस्थानमा रहेको एमाले गठबन्धनलाई पछि पार्दै दोस्रो स्थानमा आएको हो । एमालेका राउतको प्रात मत छ हजार ३७७ र गठबन्धनको चौधरीको मत  छ हजार ३०२ रहेको छ । 

उपप्रमुखतर्फ काङ्ग्रेसकी सरिता राईको सात हजार ४१० मतका साथ अग्रता छ । दोस्रो मत एमालेकी महेश्वरी राईको सात हजार ५४ रहेको छ भने तेस्रोमा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्कीको चार हजार ८२५ रहेको छ ।

यतिन्जेलमा नगरको नौ वटा वडाको गणना सकिएको छ । १६ वटा वडा रहेको त्रियुगामा वडा नं. १, २, ३, ४, ५, १३, १४, १५ र १६ वडामा गणना सकिएको छ । वडा नं. ६, ७, ८ तीनवटा गणना चलिरहेको छ भने ९, १०, ११ र १२ वडा गणना बाँकी छन् । 

गणना सकिएको नौं वटा वडाहरुमध्ये १, ३, ४, ५ र १३ गरी  ५ वटामा काङ्ग्रेसको वडाध्यक्षले जितेको छ । वडा नं. १४, १५ र १६ गरी ३ वटामा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) को वडाध्यक्षले जितेको छ भने वडा नं. २ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । विजयी वडाध्यक्षहरुमा १ नं. वडाध्यक्षमा काङ्ग्रेसको मनोजकुमार चौधरी, २ नं. वडाध्यक्ष एमालेका घमानसिंह खत्री, ३ न. वडाध्यक्ष काङ्ग्रेसको तीलकबहादुर कटुवाल, ४ नं. वडाध्यक्षमा काङ्ग्रेसको बद्री बस्नेत र ५ नं. वडाध्यक्षमा काङ्ग्रेसकै उद्धवकुमार थापाले विजय हाँसिल गरेका छन् । त्यस्तै १३ नं. वडाध्यक्षमा काङ्ग्रेसको नविनकुमार चौधरी, १४ नं. वडाध्यक्षमा माओवादी केन्द्रको हिमराज मगर, १५ नं. वडाध्यक्षमा माओवादीकै गणेशप्रसाद तिम्सिना र १६ नं. वडाध्यक्षमा माओवादीकै मानबादुर राई विजयी भएका छन् । वडाहरु १, २, ५, १६ का वडाध्यक्ष पुनः निर्वाचित हुन् भने अन्य नयाँ अनुहार हुन् ।

वडाहरुमा बढीजसो काङ्ग्रेसको जीत र हरेक वडाबाट राम्रो मत प्राप्त भइरहेको देखिएकाले सर्बसाधारणहरुले त्रियुगाको प्रमुखमा काङ्गेसको जीतको आकलन गर्न थालेका छन् । उपप्रमुखमा भने काङ्ग्रेस र एमालेको प्रतिष्पर्धा हुने देखिएको छ । 

Author

भोटराज राई