• १७ असार २०८१, सोमबार

२४ घण्टामा आठ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, जेठ १३ गते। पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यसैगरी, एक हजार १४९ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ।२४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ। हाल मुलुकमा सक्रिय सङ्क्रमित १२४ छन्।

त्यस्तै, पछिल्लो २४ जनामा ६६ हजार १३८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।