• १३ साउन २०८१, आइतबार

राहदानीको काम आइतबार पनि

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ १३ गते  ।  राहदानी विभागले सेवाग्राहीको चापलाई ध्यानमा राखेर आइतबार बिदाको दिन पनि सेवा दिने भएको छ । 

सरकारले जेठ १ देखि लागू हुनेगरी शनिबार र आइतबार गरी साप्ताहिक दुुई दिन बिदा गरे पनि विभागले आइतबार भने सेवा दिने भएको हो । विभागले सूचनामार्फत विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीतिअनुसार आउँदो आइतबार अर्थात् जेठ १५ देखि सार्वजनिक बिदाको दिन पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने जानकारी गराएको छ ।