• १४ माघ २०८१, सोमबार

आधुनिक श्रवणकुमार

blog

कलाले दर्शकलाई आनन्द दिँदै गर्दा केही शिक्षा र केही ज्ञानको ढोका पनि खोल्ने गर्छ । कलाकारले कला सिर्जना गर्दा आफ्नो अनुभूति र जानेबुझेका कुरालाई चित्रपटमा उतार्ने गर्छन् । श्रवणकुमारको विषयलाई कलात्मक ढङ्गले आधुनिक विषयसँग जोडेर यो चित्र तयार पारिएको छ ।

प्रस्तुत चित्र कलाकार लीलाधर केसीकोे एक उत्कृष्ट सिर्जना मान्न सकिन्छ । योे सृजनामा हिन्दु पौराणिक कथाबाट प्रभावित भएर र हाल हाम्रो समाजमा कलाकारले भोग्दै, देख्दै गरेको अवस्थालाई प्रतिकात्मक रूपमा संयोजन गर्ने प्रयास गरिएको छ । समाजमा हुने घटनाक्रमले कलाकारलाई पार्ने प्रभाव र मेल खाने पौराणिक कथाको प्रसङ्गलाई प्रतिकात्मक रूपमा आफ्नो सृजनामार्फत अभिव्यक्त गर्ने कोसिस गर्छन् । प्रस्तुत चित्र यस्तै विषयमा आधारित भएर रचना गरिएको छ ।

यस चित्रमा आधुनिक श्रवणकुमार सृर्जना गरिएको छ । अझ रोचक छ के भने यो चित्रको पात्र कलाकार आफैँ छन् । उनले आफ्नै मुहारलाई श्रवणकुमारसँग जोडेको देखिन्छ । यस चित्रलाई आजको समाजको वास्तविकता देखाउने ऐनाका रूपमा लिन सकिन्छ ।  


कलाकार : लीलाधर केसी

शीर्षक : आधुनिक श्रवणकुमार

माध्यम : क्यानभासमा एक्रेलिक

आकार : ३६ ह् ४८ इन्च

सिर्जना वर्ष : सन् २०१३


  –युवामञ्च