काठमाडौँ, माघ १० गते । स्पेनिस पावर हाउस रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा आरबी साल्जबर्गमाथि सहज जित निकालेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले पाहुना टोली आरबी साल्जबर्गलाई ५–१ गोलले हरायो । रियलको जितमा रोड्रिगोले २३औँ र ३४औँ तथा भिनिसियस जुनियरले ५५औँ र ७७औँ मिनेटमा दुई दुई गोल गर्नुभयो ।
अर्को गोल केलियन एमबाप्पेले ४८औँ मिनेटमा गर्नुभएको थियो । साल्जबर्गका म्याड्स बिडस्ट्रपले ८५औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । जितसँगै सात खेलबाट १२ अङ्क बनाएको रियल १६औँ स्थानमा छ । पराजित साल्जबर्ग समान खेलबाट तीन अङ्क जोड्दै ३४औँ स्थानमा छ ।