• २९ पुस २०८१, सोमबार

थाहा फिल्म फेस्टिभल सुरु

blog

मकवानपुर समाचारदाता

मकवानपुर, पुस २९ गते । चलचित्रको माध्यमबाट थाहा नगरपालिकाको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यसहित थाहा कला केन्द्र, मकवानपुरले आयोजना गरेको थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु भएको छ । फेस्टिभल माघ १ गतेसम्म चल्ने छ ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा भएको फेस्टिभल थाहा नगरपालिका–६ स्थित वज्रवाराही हलमा चलचित्र, लघुचलचित्र र वृत्तचित्र प्रदर्शनी गरिने भएको छ ।

तीन दिनसम्म चल्ने फेस्टिभलको आइतबार बागमती प्रदेश सभाका सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले उद्घाटन गर्दै चलचित्रको माध्यमबाट पर्यटन प्रवर्धनसँगै स्थानीय कला र संस्कृतिको संरक्षणमा जोड दिनुभयो । थाहा फिल्म फेस्टिभल–२०२५ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीको अध्यक्षतामा भएको  कार्यव्रmममा वडा नं. ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, आयोजक समितिका सहसंयोजक राजीवकुमार स्याङ्तानले थाहा नगरमा चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थल धेरै भएकाले प्रचारप्रसार र संरक्षण आवश्यक भएको बताउनुभयो ।फेस्टिभलमा चलचित्र, लघुचलचित्र र वृत्तचित्र गरी २१ वटा चलभित्र छनोट गरिएको छ ।