• ४ जेठ २०८१, शुक्रबार

नागरिककाे बीमा र अभिभावकविहीन २० जनालाई आवाससहित शिक्षा दिने

blog

तिलाचन पाण्डे

तम्घास, जेठ १० गते । दोस्रो कार्यकालका लागि निर्वाचित धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँपालिकाका नागरिकहरुको घरको बीमा गरिदिने घोषणा गर्नुभएको छ । 

दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै उहाँले नागरिकहरुको घरको बीमाको पचास प्रतिशत रकम अनुदान स्वरुप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

पछिल्लो समयमा प्राकृतिक बिपत्तिबाट घरमा हुने गरेको क्षतिहरुलाई राहत स्वरुप उपलब्ध गराउन अनिवार्य रुपमा घरको बीमा गर्ने र बीमाको पचास प्रतिशत रकम गाउँपालिकाले अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गर्नुभएको हो । गाउँपालिकाले विद्युतीय चुल्होेमा पचास प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । 

यस्तै, दलित परिवारका १० जना विद्यार्थीलाई एसईई पछिको तीन वर्षे प्राविधिक शिक्षामा  छात्रवृत्तिको व्यवस्था गर्ने जनाएको छ ।

पालिकाभित्र विभिन्न कारणले अभिभावक गुमाएका २० जना विद्यार्थीलाई कक्षा १२ सम्म आवाससहित शिक्षा प्रदान गर्ने निर्णय गरेको छ ।

नागरिकलाई आत्मनिर्भर बनाउन व्यवसायिक रुपमा कृषि र पशुपालनलाई पहिलो प्राथमिकता दिइएको छ ।