गोरखापत्र समाचारदाता
ललितपुर, पुस २० गते । नेपाली कांग्रेसले नियमित समयमै १५ औँ महाधिवेशन गर्ने तयारीस्वरूप क्रियाशील सदस्यता नवीकरण कार्य चैतभित्र सक्ने निर्णय गरेको छ ।
महामन्त्री गगनकुमार थापाको संयोजकत्वको क्रियाशील सदस्यतासम्बन्धी समितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरणलाई जारी राख्दै नवीकरणको काम पनि चैतभित्रै सक्ने निर्णय गरेको हो ।