• ३ असार २०८१, सोमबार

पुनर्वासको प्रमुख र उप्रमुखमा काँग्रेस विजयी

blog

लक्ष्मणदत्त पन्त 

महेन्द्रनगर, जेठ ९ गते । पुर्नवास नगरपालिकामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले जित हात पारेको छ । गत ०७४ को निर्वाचनमा दुई वडामा सिमित रहेको काँग्रेस अहिले प्रमुख र उपप्रमुखसहित चार वडामा विजयी भएको हो ।

११ वडा रहेको पुनर्वासमा ०७४ मा प्रमुख र उपप्रमुखसहित पाँच वडा एमाले, चारमा माओवादी र दुई वडामा मात्र काँग्रेस विजयी भएको थियो । अहिले ५ वर्षपछि आउँदा काँग्रेसले प्रमुख, उपप्रमुखसहित ४ वडा, एमालेले २ वडा, माओवादीले २ वडा, समाजवादीले १ वडा, राप्रपाले १ र स्वतन्त्रले १ वडा जितेका छन् । 

पालिकाको प्रमुखमा काँग्रेसका तोयप्रसाद शर्मा १० हजार ६ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पदमबहादुर पुजाराले ४ चार ६ सय ७४, तथा एकीकृत समाजवादीका जीवनराज थापाले ३ हजार ७३४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका धोके रानाले ५ हजार ४९२ ल्याउनुभएको थियो ।

यस्तै, उपप्रमुखमा काँग्रेसकै भुलियाकुमारी राना निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ३४५ मत प्राप्त गर्नुभएको थियो भने एमालेका सुशिला खत्रीले ५ हजार ३०३ मत प्राप्त गर्नुभएको छ ।