• ९ वैशाख २०८२, मङ्गलबार

हक्की टोली मलेसिया जाने

blog

मलेसिया जाने हक्की टोली ।

काठमाडौँ, मङ्सिर ३० गते । एफआईएच विश्व युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतबार (आज) मलेसिया जाने भएको छ ।

डिसेम्बर १७ देखि २१ तारिखसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनसकुमार यादव, सुदीप चौधरी, वन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त रोकाया र तुलसी बोहरा हुनुहुन्छ । 

टिम व्यवस्थापकमा हितकुमार गुरुङ, प्रशिक्षकमा दीपक खतिवडा र अम्पायरमा मनीषप्रसाद भट्ट रहनुभएको छ । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच शनिबार बिदाइ गर्नुभएको थियो ।