• ११ पुस २०८१, बिहिबार

पत्रकार महासंघ अध्यक्षमा ११ सय ४४ मतले शर्माको अग्रता

blog

निर्मला शर्मा । फाइल तस्बिर

काठमाडौँ,मङ्सिर २९ गते । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले अग्रता बढाउनु भएको छ । पछिल्लो मत परिणाम अनुसार रमेश विष्ट भन्दा शर्मा ११ सय ४४ मतले अगाडि हुनुहुन्छ । 

निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार शर्माले तीन हजार ९७३ मत ल्याउँदा विष्टले दुई हजार ८२९ मत पाउनुभएको छ । अहिलेसम्म काठमाडौँ उपत्यका, कोशी, गण्डकी, लुम्बिनी, बागमती र प्रतिष्ठानका ६ प्रदेशको मतगणना सम्पन्न भएको छ ।

अहिले कर्णाली, सुदूरपश्चिम, मधेस  र एशोसिएट प्रदेशको मतगणना जारी छ ।   

शुक्रबार एकसाथ देशभर सम्पन्न भएको निर्वाचनको मतगणना गएरातिदेखि नै जारी छ । निर्वाचन समितिले शनिबार रातिसम्ममा सबै मतपरिणाम सार्वजनिक भइसक्ने विश्वास लिएको छ ।