• १० माघ २०८१, बिहिबार

‘युवालाई विदेश पठाएर वृद्धवृद्धाले देश बन्दैन’

blog

काठमाडौं, मंसिर २९ गते । रौतहट निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका किरणकुमार साह अहिले प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सभापति हुनुहुन्छ । 

राजपुर –५, तेलीपट्टी निवासी साह नेकपा (एमाले) मा आवद्ध हुनुहुन्छ । बुवा हजारी साह तेली र आमा सोनवा तेलीको कोखबाट २०३४ साल मंसिर २५ गते जन्मनुभएका सांसद साह स्नातकसम्म अध्ययन गर्नुभएको छ ।

सांसद साहले जनप्रतिनिधिबाट पनि महिला हिंसा भइरहेको बताउनुभयो । महिला हिंसाको घटना समाजमा नघटेको बरु बढ्दैगएको उहाँको दावी छ । ९५ प्रतिशत पुरुषले महिलामाथि हिंसा गरे पनि ५ प्रतिशत महिलाले पुरुषमाथि हिंसा गर्नेगरेको उहाँको भनाइ छ । 


सांसदहरुको काम कानुन बनाउने भए पनि जनताहरुले नै जनप्रतिनिधिलाई विकासको काममा लाग्न दवाव दिनेगरेको उहाँले बताउनुभयो । भएको कानुनको पूर्ण कार्यान्वयन नहुँदा पनि समाज रुपान्तरण हुन नसकिरहेको उहाँले दावी गर्नुभयो । आफू जनप्रतिनिधिमा निर्वाचित भएको दुई वर्ष बढी भइसक्दा समेत संसदबाट ५ वटा मात्र कानुन बनाउन सकिएको चर्चा गर्नुभयो । 

मधेसी जनता कानुनी, शैक्षिक र विकासको हिसावले पनि पछाडि रहेका चर्चा गर्नुहुँदै सांसद साहले मधेसको रुपान्तरण गर्न शिक्षा नै बलियो अस्त्र भएको बताउनुभयो । मुलुकमा रोजगारी सिर्जना गर्न नसकेकै कारण युवाहरु विदेश पलायन भएको र मुलुकमा वृद्धवृद्धा मात्र बाँकी रहेको उहाँले बताउनुभयो । वृद्धवृद्धाले मुलुकको परिवर्तन सम्भव नहुने बताउनुहुने सांसद किरणकुमार साहसँग गोरखापत्र अनलाइन प्रकाशनका नि. सम्पादक लक्की चौधरीले कुराकानीः

भिडियोमाः मनोजरत्न शाही र केशब गुरुङ

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक हुनुहुन्छ ।