• ११ पुस २०८१, बिहिबार

पत्रकार महासंघ दाङमा निर्विरोध नेतृत्व

blog

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्षमा निर्वाचित सन्तोष सुवेदीलगायत ।

लीलाधर वली

घोराही, मङ्सिर २८ गते । नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । जिल्लामा क्रियाशील सञ्चार सम्वद्ध संघ संगठनबिच भएको सहमतिअनुसार सबै पदमा एकल उम्मेदवारी दर्ता भएपछि सन्तोष सुवदीसहितको जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । 

बुधवार उम्मेदवारी दर्तासँगै उम्मेदवारमाथि दावीविरोधका लागि दिएको समयमा कुनै उम्मेदवारप्रति उजुरी नपरेपछि निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । 

जसअनुसार महासंघ दाङ शाखाको उपाध्यक्षमा ओपेन्द्र बस्नेत र नारायणी रजौरे, सचिवमा जेएन सागर, सहसचिवमा प्रकाश चौधरी, बसन्त परियार र कोषाध्यक्षमा अमरराज भण्डारी निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत सुदीप गौतमले घोषणा गर्नुभयो ।  

मुख्य निर्वाचन अधिकृत गौतमका अनुसार सदस्यमा कृष्णप्रसाद न्यौपाने, नारायणप्रसाद नेपाल, छविलाल पुरी, जंगबहादुर रेउले, रमा नेपाली, सन्तोष खनाल, सरिता चौधरी, सुमन केसी, सुरक्षा चौधरी, टेकबहादुर पुन र हेमराज नेपाली चयन हुनु भएको छ । 

त्यसैगरी राष्ट्रिय परिषद् सदस्यहरुमा सुलोचना गौतम, सुशीलकुमार बस्नेत, शरद अधिकारी र दिप्तीशिखा चौधरी चयन हुनुभएको छ । प्रदेश परिषद् सदस्यमा अमरराज आचार्य, उदय विसी, उमा भण्डारी, कुलदीप न्यौपाने, गिरीराज नेपाली, चन्द्रप्रकाश नेपाली, दशरथ घिमिरे, निमुसँगम घर्ती, यमकला भुसाल र शिवराज पन्थी चयन हुनुभएको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनुभयो । 

जिल्लामा निर्विरोध चयन भए पनि प्रदेश र केन्द्रीय समिति निर्वाचित गर्नका लागि मंसिर २८ गते मतदान हुँदैछ ।