• ११ पुस २०८१, बिहिबार

श्रीलङ्काका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा

blog

श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायके

कोलम्बो, मङ्सिर २५ गते । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् ।

श्रीलङ्काको सूचना मन्त्री नलिंदा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन भारतमा प्रधानमन्त्री मोदी र अन्य अधिकारीहरूसँग भेट गर्ने जानकारी दिनुभयो ।

वामपन्थी दिसानायके भ्रष्टाचारविरुद्ध लड्ने वाचामा सेप्टेम्बरमा सत्तामा आउनुभएको हो । गत महिना भएको संसदीय चुनावमा उहाँको पार्टीले ठुलो जित हासिल गरेपछि सत्तामा आफ्नो पकड बलियो बनाए ।

नयाँदिल्ली श्रीलङ्कामा बेइजिङको बढ्दो प्रभावको बारेमा चिन्तित छ, जसलाई उसले भूराजनीतिक प्रभावको क्षेत्रको रूपमा हेर्छ । दिसानायके अर्को महिना चिनियाँ नेताहरूसँग वार्ता गर्न बेइजिङ जाने अपेक्षा गरिएको सरकारले यसअघि घोषणा गरेको थियो । रासस/एएफपी