• ८ पुस २०८१, सोमबार

मेरो देश (कविता)

blog

बक्खु धोती, सारी चोली सबै मेरो भेष 

आँखामा राखे पनि नबिझाउने मेरो देश 

चारैतिर प्रकृतिको सुन्दरताको खानी 

नेपाल नै हो हाम्रो आँखाको नानी

नेपालमा हामीले धेरै सम्मान पाउँछौँ

नेपालको सुन्दरतामा हामी रमाउँछौँ 

नेपालीको सान र मान सगरमाथा 

नेपाल आमा नै हुन् हाम्रो जीवन दाता

नेपालीले चाहँदैनन् कसैको कुभलो 

सबैभन्दा प्यारो छ मेरो जन्मथलो 

चारैतिर रङ्गीचङ्गी फूल फुलेका 

धेरै जाति भए पनि एकै देशमा कति मिलेका

धनी गरिब जे भए पनि विभेद नगर्ने 

देशकै लागि बाँन्च्ने र देशकै लागि मर्ने

झुटो बोल्ने खालका नेपाली छैनन् 

अरूको सामु कहिल्यै झुक्दै झुक्दैनन् 

नेपाली हुन्छन् मनका धनी 

यही देशमा जन्मे म कति भाग्यमानी

एउटै देश भए पनि कति धेरै भेष 

आँखामा राखे पनि नबिझाउने मेरो देश ।।  

   मुना