बर्दीबास समाचारदाता
बर्दीबास, मङ्सिर २२ गते । प्रमुख राजमार्गमा सञ्चालित थोत्रा सवारीको बढ्दो सङ्ख्याले सडकयात्रा जोखिमपूर्ण बन्दै गएको छ । थोत्रा गाडीमा यात्रा गर्नु जोखिमपूर्ण त छ यस्ता सवारी यान्त्रिक गडबडीका कारण जहाँसुकै दुर्घटनामा पर्ने हुँदा सडक यात्रीसमेत यसको सिकार बनेको घटनाव्रmमले देखाएको छ ।
बर्दीबासस्थित जिल्ला ट्राफिक कार्यालयका अनुसार आव २०८०/८१ मा महोत्तरीमा ५०४ वटा सवारी दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको थियो । गम्भीर र सामान्य गरी ७६२ जना घाइते भएका थिए । दुर्घटनाका अनेकन कारणमध्ये यान्त्रिक गडबडी पनि प्रमुख कारणका रूपमा देखिएको बर्दीबासस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक लक्ष्मीप्रसाद जोशीले बताउनुभयो ।
बढ्दो दुर्घटना न्यूनीकरणका उद्देश्यले यातायात व्यवस्था कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले बर्दीबासस्थित पूर्वपश्चिम लोकमार्ग भएर चल्ने यात्रुवाहक सवारीको संयुक्त रूपमा गरिएको यान्त्रिक परीक्षणको परिणामले पनि यसको पुष्टि गरेको छ । यातायात प्राविधिकका अनुसार यान्त्रिक जाँच गरिएकामध्ये ८० प्रतिशत सवारी ‘अनफिट’ देखिएका छन् । परीक्षण गरिएका यस्ता कतिपय गाडीका हर्न नबज्ने र साइड बत्तीसमेत नबल्ने भेटिएको छ ।
थोत्रा भएका यस्ता सवारी जुनसुकै ठाउँमा बिग्रने र दुर्घटना हुने अवस्थामा रहेको प्राविधिकको भनाइ छ । जिल्ला ट्राफिक निरीक्षक जोशीका अनुसार दुवै कार्यालयले शुव्रmबार अपराह्नसम्म ७६ वटा यात्रुवाहक सवारीको यान्त्रिक परीक्षण गरेका थिए ।
परीक्षणका व्रmममा अधिकांश सवारीका रिसोलिङ टायर, इन्डिकेटर, ग्लास, साइड लाइट, यात्रु बस्ने सिट, वाइपर र नटबोल्टसमेत दुरुस्त अवस्थामा नपाइएको बर्दीबासस्थित यातायात व्यवस्था कार्यालयका प्राविधिक इन्द्रनारायण पण्डितले बताउनुभयो । उहाँले भन्नुभयो, “गन्तव्यमा पुग्न हतारमा रहेका यस्ता सवारीको गियर, स्टेरिङ, क्लच डेडल, एक्सिलेटर जस्ता महìवपूर्ण पार्टपुर्जाको परीक्षण गर्ने समय नै मिलेन । नभए थप सवारीमा कैफियत भेटिने निश्चित थियो ।”
यान्त्रिक त्रुटि पाइएकामध्ये जर्जर अवस्थामा पुगेका ५८ प्रतिशत अर्थात् ४४ थान यात्रु बसलाई मर्मतपछि मात्र सञ्चालनमा ल्याउन सुझाव दिइएको छ । जर्जर अवस्थामा पनि खचाखच यात्रु बोकेर हिँड्ने यस्ता सवारी जुुनसुकै ठाउँमा बिग्रेर अलपत्र पर्न सक्ने, सडक जामका कारण बन्न सक्ने र दुर्घटना हुन सक्ने देखिएकाले चालकलाई मर्मतपछि मात्र सञ्चालनमा ल्याउन सुझाव दिइएको बर्दीबास ट्राफिक निरीक्षक जोशीले बताउनुभयो ।
जोशीले भन्नुभयो, “सुझावपछि पनि आवश्यक मर्मत गरे÷नगरेको अनुगमन गर्न ट्राफिकले यस्ता सवारीको रेकर्डसमेत राखेको छ ।”