गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २० गते । गायक हिमाल राईले आफ्नो नयाँ गीत ‘छेकामारी’ सार्वजनिक गर्नुभएको छ । किराँत भाकामा आधारित गीतमा राजन मुकारुङको शब्द र विक्रम राईको सङ्गीत रहेको छ । गीतमा देवेश राईको एरेन्ज रहेको छ । प्रेमिकाको वर्णन गरिएको गीतको भिडियोमा दिलेन्द्र मुकारुङ, ईशा आङदेम्बे, मोहन मगर, टीकाबहादुर मगर, राज खिम्दिङ लिम्बू र सविन शङ्कर चित्रित गीतलाई ‘हिमाल राई अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई जीवन मुकारुङले छायाङ्कन तथा सम्पादन गर्नुभएको छ ।