• ८ पुस २०८१, सोमबार

डुडुवामा २५४ जनाको निःशुल्क आँखा जाँच

blog

स्वास्थ्य शिविरमा आँखा चेक गराउँदै स्थानीय ।

कमल खत्री

धम्बोझी, मङ्सिर १७ गते । डुडुवा गाउँपालिका वडा –६ भंघोटनामा कोरी कल्याण समाज नेपालगञ्जको आयोजनामा आँखाको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । 

डुडुवा गाउँपालिका वडा –६ कार्यालय, नेपाल नेत्रज्योति सङ्घ बाँकेद्वारा सञ्चालित फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो ।

डुडुवाको सरस्वती माध्यमिक विद्यालयको परिसरमा भएको शिविरमा २५४ जनाको परीक्षण गरिएको थियो । शिविरमा आएकामध्ये ३४ जना मोतीबिन्दुका बिरामी फेला परेका थिए । उहाँहरुलाई फत्तेबाल आँखा अस्पतालमा शल्यक्रियाको लागि रिफर गरिएको समाजका उपाध्यक्ष जंगलीप्रसाद कौलिक (जेपी) ले बताउनुभयो । 

शिविरमा फत्तेबाल आँखा अस्पतालका रेखा थारु, आरुती थारु, रबिना घर्ती, सङ्गीता योगी, गङ्गा महत, सलिना चौधरीले प्राविधिकमा सहयोग गरेको समाजका बिजय कोरीले बताउनुभयो । 

कोरी कल्याण समाज बाँकेका अध्यक्ष रामशङ्कर माधवदास, उपाध्यक्ष जंगलीप्रसाद कौलिक, सचिव मिश्रीलाल कोरी, बिजय कोरी, विशाल कौलिक, जिल्ला सदस्य भल्लु कोरी, रामविलास कोरी, मनोज कोरी, लीला खत्रीलगायतको सक्रियतामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो ।

शिविरमा डुडुवा गाउँपालिका वार्ड ६ का वडाध्यक्ष मोहनराम मिश्र र सरस्वती माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामधनी यादव, दशरथप्रसाद कोरी, अयोध्याप्रसाद कोरीलगायत कोरी कल्याण समाज बाँकेका पदाधिकारीको सहभागिता थियो ।