• २१ पुस २०८१, आइतबार

हामी इतिहासमा गर्व गर्न लायक काम गर्दै थियौँ : अध्यक्ष प्रचण्ड

blog

कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिरः सुजन गुरुङ

काठमाडौँ, मङ्सिर १३ गते। पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले इतहिासमा गर्व गर्न लायक काम अगाडि बढाएको बताउनुभएको छ। 

उपनिर्वाचन अगाडि शुक्रबार कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामीले साँच्चै नै इतिहासमा गर्व गर्न लायक काम अगाडि बढाउँदै थियौँ। र विश्व राजनीतिमा त्यो कुरा स्थापित पनि छ। र मलाई अहिले गर्व छ।” उहाँले आफूलाई प्रधानमन्त्री पदबाट अलोकतान्त्रिक एवम् असंवैधानिक तरिकाले हटाइएको समेत बताउनुभयो।

उहाँले भन्नुभयो, “अहिले प्रधानमन्त्री पदबाट मलाई असंवैधनिक, अलोकतान्त्रिक तरिकाले हटाइएको छ। तर, मलाई नेपाली जनताप्रति विश्वास छ। त्यो असंवैधनिक, अलोकतान्त्रिक र निरंकुश कदमका विरुद्ध नेपाली जनताले आफ्नो फैसला सुनाउनेछ। त्यसको निम्ति जरुरी पर्यो भने, हामी फेरि एटउा नयाँ अभियान। जरुरी पर्‍यो भने आन्दोलनतिर पनि हामी जानेछौं।”


उहाँले प्रतिपक्षी दलको हैसियतले खबरदारी गर्दागर्दै सुनुवाइ नभए प्रतिनिधिसभाको विशेष अधिवेशन समेत बोलाइने बताउनुभयो।

उहाँले भन्नुभयो, “हामीले मैले प्रतिनिधिसभामा विशवासको मतको निमित मन्तव्य दिँदै गर्दा मलाई लाग्छ तपाईंहरुले बुझिसक्नुभएको छ। प्रमुख प्रतिपक्षी दलको प्रमुख नेताको हैसियतले खबरदारी वक्तव्य दिँदा, यहाँ विपक्षहरु सबै मिलेर सरकारलाई खबरदारी गर्दै गर्दा यदि सरकारले त्यसको सुनुवाइ गरेन भने, हामी प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ। त्यहाँँबाट पनि लडाइँ छेडिनेछ र हरेक पालिका पालिकाबाट देशव्यापी अभियान चलाउनुपर्ने बाध्यतामा पनि पुग्नपर्ने हुन्छ।”