• २१ पुस २०८१, आइतबार

भन्सार छलीका लाखौँको सामान बरामद

blog

प्रहरीले बरामदको गरेको भन्सार छलिको सामान । तस्बिर : नेपाल प्रहरी

अविनाश चौधरी

धनगढी, मङ्सिर १३ गते । भन्सार छलेर भारतबाट भित्र्याइएको लाखौँको सामान कैलाली प्रहरीले बरामद गरेको छ । जिल्लाको विभिन्न नाकाबाट भित्र्याइएको छ लाख रुपियाँ बढीको सामान प्रहरीले बरामद गरेको हो । 

बरामद सामान आवश्यक कारबाहीका भन्सार कार्यालयमा पठाइने जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकास्थित आदर्श चोक र त्रिवेणीबाट अन्दाजी ३२ हजार रुपियाँ बराबरको माछा, चिनी, प्याज लगायतको सामान बरामद गरिएको छ । यसैगरी, गोदावरी नगरपालिका-३ चौकीडाँडाबाट दुई लाख ३१ हजार मूल्य बराबरको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । 

यस्तै, कैलारी गाउँपालिका–५ मनिकापुरबाट अन्दाजी एक लाख ९५ हजार रुपियाँ बराबरको इन्भर्टर, ब्याट्री, कपडा लगायतको समान बरामद गरिएको छ । यसैगरी, टीकापुर नगरपालिका–८ बेलुवाबाट अन्दाजी एक लाख आठ हजार मूल्य बराबरको तेल, मोजा, माछा, मम्फली बरामद गरेको प्रहरीले जानकारी दिएको छ । 

भजनी नगरपालिकाको काँडा र पहलमानपुरबाट ३० हजार मूल्य बराबरको सिद्रा माछा, सिंगडा, हरियो खुर्सानी, त्यस्तै जोशीपुर गाउँपालिका–३ को फाडियाँबाट चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।