• २१ पुस २०८१, आइतबार

युक्रेनद्वारा रुसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार

blog

युक्रेन, मङ्सिर १० गते । युक्रेनले सोमबार रुसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ । 

युक्रेनी सहर खार्किभका अधिकारीहरूले रुसको सीमा नजिकैको सहरको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहारबाट  १९ जना घाइते भएको बताएका छन् ।

पछिल्लो समयमा मस्को र किएभले सीमापार ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाइरहेका छन् । रुसले गत हप्ता युक्रेनमा नयाँ ओरेसनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । 

“युक्रेनको डिफेन्स इन्टेलिजेन्स” को अपरेसन परिणाम स्वरूप, रुसको कालुगा क्षेत्र स्थित इन्धन तथा ऊर्जा सुविधामा रातारात आक्रमण भएको स्रोतले जनाएको छ  । 

कालुगाका रुसी गभर्नरले यस क्षेत्रमा  भएको ड्रोन हमलाबाट एउटा “औद्योगिक उद्यम’’ मासमेत आगलागी भएको पुष्टि गर्नुभएको छ ।

स्रोतका अनुसार आक्रमणको लक्ष्य कालुगानेफ्टप्रोडक्ट जेएससीको तेल डिपो थियो, जुन युक्रेनविरुद्ध रुसको सशस्त्र आक्रमणलाई समर्थन गर्नका लागी प्रयोगमा छ ।

यसै क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता निप्रो सहरमा गरिएको आक्रमण सबैभन्दा नयाँ रुसी मध्य–दूरी मिसाइल प्रणाली मध्ये एक रहेको बताउँदै त्यस्ता थप “परीक्षणहरू’’ गर्ने वाचा गर्नु भएको छ । रासस/एएफपी