याचकको अनुहारमा कुन तालको स्थायी भाव हुनु पर्छ, त्यो मलाई थाहा थिएन । यहाँ इज्जत नगुमोस् भनेर थाहा छैन भने पनि थाहा नभएको होइन । मेरो शैली उही हो । धेरैलाई थाहै छ– अब यसले यति भूमिका बाँधेपछि यो भन्छ भनेर । मानिस याचक भएपछि फाइदा यही छ । तपाईंंलाई सबैले चिन्छन्, तपाईंको शैली पनि र तपाईंको भाषा र मुद्रा पनि । समस्या केही थिएन, मात्र यत्ति थियो सानो समस्या, जससँग याचना गर्न पुगेको छु, त्यो मानिस घुम्ने मेचमाथि विराजमान थियो । अलि अप्ठ्यारो मानेर म ऊसमक्ष प्रस्तुत भएँ । बडो मुस्किलले भेट पाइएको थियो । ऊ हाकिम भइसकेको थियो । ऊ मात्र भनेर सम्बोधन गरूँ । नाम लिएर सम्बोधन गर्दा नाम मिल्नेले अर्को मानिस नपाएर मैमाथि यस्तो लेखेछ भन्ने डर छ । त्यस्तो भने भन्दै गर्ला मान हानिको मुद्दाले झन् ऊ नै उदाङ्गिने थियो ।
मैले यो जे भन्दै छु, त्यसमा धेरै नाटकीयताको अपेक्षा राख्न सकिन्न । यो पहिले थाहा पाइराख्नोस् नत्र अन्त्यतिर तपाईंं यो भन्न थाल्नुहुने छ के के न भन्छ भनेको केही रहेनछ । उदाहरणका लागि तपाईं यो पनि भनिहाल्नुहुने छ– हात्ती आयो हात्ती आयो फुस्सा । ससानो उदाहरण यो हुन सक्छ, सरकार फेरिएपछि मानिसका अपेक्षा धेरै बढेका हुन सक्छन् तर समय बित्दै गएपछि जनताका पहिलेका गुनासा यथावतै कायमै रहेको देखेर ती अपेक्षाहरू निराशामा बदलिएका हुन्छन् । योभन्दा बेसी नभनूँ यद्यपि भन्ने ठाउँ प्रशस्त छ । मूल विषयतिर आऊँ, के भने, म उसको अगाडि उभिएको थिएँ र याचकको मुद्रामा थिएँ । उसले मलाई हेरिरहेको थिएन । बालसङ्गी हो ऊ । गाउँ भने पनि टोल भने पनि एकै ठाउँ हुर्केबढेका हौँ । पढेलेखेका पनि हौँ, विद्वान् बनेको अर्थमा होइन, सँगै स्कुल गएको अर्थमा । उस बेलाको एसएलसीपछि म अगाडि पढ्न रोकिएँ, फेल भएर । पास भए पनि अगाडि पढ्न सक्ने गच्छे थिएन तर ऊ पढ्न गयो राजधानी र त्यहाँबाट विदेश । विदेश कहाँ गयो त्यो मैले पहिल्याउन सकिनँ । पहिल्याए पनि केही ठुलै बबन्डर हुनेवाला थिएन । पछि कालान्तरमा उसको जीवनी पढाइएछ भने यो लेखिन सक्थ्यो, “उहाँले उच्च शिक्षा फलानो देशको फलानो विश्वविद्यालयबाट प्राप्त गर्नुभयो र स्वदेश फर्केर दत्तचित्त भएर देश सेवामा लाग्नुभयो ।”
त्यो अहिले घटित भइरहेको थिएन । यत्ति मात्र भइरहेको थियो, म उसको सुदामा मित्रका हैसियतले उसलाई भेट्न आएको थिएँ । उसको दर्शन गर्न । मानिस ऊ बाहिर धेरै नाम चलेको भइसकेको थियो । नाम दुर्नाम वा सुनाम त्यो सन्दर्भ हेरेर हुन्थ्यो तर गनाउने, टुकुचामाथि अतिव्रmमण गरेर बनेको भव्य भवन भैmँ । व्यक्तित्व उसको रोबदार थियो । मानिस पहिलेदेखि नै रोबदार हो । एसएलसीमै उसले दुई चार वटी केटीको सिल भङ्ग गरेको थियो तर ती केटीमध्ये कसैले उसको नाम लिएर उसका विरुद्ध बयान दिएनन् । पछि ती सबै केटीको केस यसै उसै गरेर कताकता रहस्यमय तरिकाले मिलाइयो । त्यो म नजिकको साथी भए पनि पत्तो पाइन । यो मेरो कमजोरी थियो अथवा मेरा अभिभावकहरूको जो पुस्तेनी गरिब थिए । म पनि गरिब थिएँ । पिछडा वर्ग । यो भन्नुमा लज्जाबोध गर्नु छैन । समय धेरै थिएन । ऊसँग बसेर गफिन । त्यसको अवसर थिएन । भेट दियो यही उसको सज्जनता थियो । अलिकति देखाउन र उसको रवाफ देखोस् भनेर पनि होला, भेट गर्न स्वीकृति दिएको । कोठा अत्यन्त मगमग थियो । सोफासेट यस्ता थिए म जस्तो उसको बालसखा पनि बस्न धकाउनुपर्ने । उसले मलाई हे¥यो र ओठका एक छेउमा वव्रmरेखा ल्यायो । यो उसको मानिसलाई तिरस्कार गर्ने भङ्गिमा थियो । पहिले स्कुलमा पनि यस्तै थियो । उसलाई फेल भएको भन्न सक्दैनथे शिक्षकहरू । रिजल्ट आउँदा शिक्षकहरू उसलाई विशेष आदर र प्रेम देखाएर नामोच्चारण गर्दथे । सबै परीक्षा उसले उत्तीर्ण गर्दै गयो र विदेश गमन ग¥यो विद्याध्ययनका लागि । मुस्किलले पास गर्न पनि सकिनछु मैले उति बेलाको एसएलसी तर उसले विदेशमा के ग¥यो त्यो मैले थाहा पाइनँ तर यता आएपछि ऊ ठुलै मान्छे भएको छ, यो सुनेँ ।
यता मैले काम पाइरहेको थिइनँ । अस्थायी रूपमा पाइने सबै किसिमका काम म गर्थें । त्यस्तैमा मेरो बिहे पनि भयो । सन्तान पनि भए । यो लुकाइराख्नुपर्ने कुरो थिएन । बरु तपाईं यो भन्न सक्नु हुन्छ, यस्तो त हुनु नै थियो । मुलुकमा गरिबी बढिरहेछ र गरिबको सन्तति पनि पनि । काम नपाइनु, बिहे हुनु, सन्तानोत्पत्तितिर लाग्नु र त्यसमा सफल हुनु अनि बेरोजगार भए पनि अस्थायी काम गरेर गुजारा गर्नु । अझ त्यसमाथि एउटा बयान यो पनि थप्न सकिन्छ, मेरी आमाको इलाजको अभाव, औषधी किन्न नसकेकाले मृत्यु यद्यपि उनी जीवितै थिइन् । त्यसको करुणामय वर्णन र मेरा बाको टिबी लागेर भएको असामयिक मृत्यु आदिलाई थप हृदयविदारक रूपमा यहाँ लेख्न सकिन्थ्यो । मैले त्यसो गरिनँ । याचक मुलाको कति नै हृदयद्रवित हुने कथा हुन सक्छ र ? अब त्यता नजाऊँ । तर एउटा नभनी नहुने कुरो यो छ, एक दिन जुन मेरी स्वास्नीले मेरो यथार्थ थाहा पाई, मलाई तिरस्कारका साथ भनी, “तिमी जस्तो पानीमरुवा पोइ कुनैको नहोस् !” मैले मनमनै भनेँ म अब अरू कसको पोइ हुन पो सक्छु र ?
अब त्यस्तो त भनी तर कुन प्रसङ्गमा भन्ने बयान छैन । त्यो दैनिकजसोको कुरा थियो । ‘पानीमरुवा पोइ’ वा ‘नामर्द’ वा ‘लाछी’ वा अरू अरू लाञ्छना उसले लगाउँथी तर मेरो बानी याचकको भइसकेको थियो । म सबैका अगाडि हात पैmलाएर माग्दिनथेँ । त्यसमा पनि म हैसियत हेर्थें । सफलता यसैमा थियो । हैसियतावालाका अगाडि याचनामा हात पैmलाएपछि तिनमा बडप्पनको भाव आउँथ्यो । म भन्थेँ, “केही सहयोग पाऊँ । अहिले बेरोजगार छु ।” जसको अगाडि एक पटक हात पैmलाइन्छ उसको अगाडि कममा छ महिनासम्म फेरि हात पैmलाउन नजाने मेरो सतर्कता थियो । उच्च क्लासका ठेकेदारहरू हुन्थे, जसको म कहिले सुपरभाइजर भएर अस्थायी साइट निरीक्षणको जागिरमा झुन्डिएको हुन्थेँ । “मानिस तिमी इमानदार रहेछौ । अहिलेलाई काम छैन । केही परेछ भने फेरि आऊ, हामी सहयोग गरौँला” भन्थे र गर्थे पनि । फेरि कोही लामो दुरीका बसवाला हुन्थे, जसको बसमा म अस्थायी कन्डक्टर भएर काठमाडौँ गइदिन्थेँ र त्यही बसमै फर्केर जिल्ला पुग्थेँ । बस मालिकको घर अगाडि बस खडा गरेपछि हिसाब बुझाएर उभिँदा बस मालिकले भन्थ्यो, “अहिलेलाई यस्तै भो भाइ । पुरानो क्नडक्टर घर गएको थियो स्वास्नी सुत्केरी हुन लागी भनेर, ऊ फर्केर आयो । भेट्दै गर न । चाहियो भने खबर पनि गरौँला ।”
एक ट्रिप काठमाडौँ गएआएको पारिश्रमिकमाथि सय दुई सय थपेर पनि दिन्थ्यो तर मलाई यो आश्चर्य लाग्थ्यो त्यो स्वास्नी सुत्केरी हुन लागी भनेर गाउँ गएको कन्डक्टरकी स्वास्नी दुई चार दिनमै सुत्केरीबाट कसरी उम्की । एकान्तमा सोध्दा ऊ भन्थ्यो, “अरे साले सुत्केरी हुनु र सुत्केरी गराउनुमा फरक छ । कुरा बुझ्न । दुई चार महिनामा खबर आउँछ, आमा सिकिस्त छिन् वा बा रुखबाट खसेर इन्तु न चिन्तु भएका छन्, तेरी श्रीमतीको मुर्छा पर्ने रोग फेरि फर्केको छ भन्ने खबर पछाडि के आशय हुन सक्छ !” मलाई त्यो के थाहा । काम पाइएला कि भन्ने आशमा म यता र उता भौँतारिरहने बेरोजगरलाई यी सब प्रपञ्चको ज्ञान थिएन । होस् पनि कसरी ? आमा भन्थिन्, “तँ लठेब्रो छस् ।” आमा अभैm पनि यही धारणामा आबद्ध छिन् । उनको धारणामा परिवर्तन आउन सकेको छैन, बरु बुहारीले मलाई ‘लाछी’ भनेर हेप्दा ‘ठिक भनिस् बुहारी । यसलाई तँ नै तह लाउन सक्छेस् !’ भन्थिन् । मलाई तह लाउनु के थियो । गाउँभरिकाले मलाई चिनेकै थिए र वरपर कतैकाले पनि म भए ठाउँ घरको ढोका लाउने जरुरत देख्दैनथे । भन्थे, “मान्छे इमानदार भएर मात्र हुँदैन, चोर्न पनि ढङ्ग चाहिन्छ ।”
अघि मैले एउटा प्रसङ्गमा स्वास्नीको उल्लेख गरेथेँ । त्यसमा थप एउटा कुरो म यो भन्न चाहन्छु, उसले मलाई पानीमरुवा, लाछी र नामर्द अनि अरू अरू जे भने पनि यो भनिन, नामर्दकी स्वास्नी हुनुभन्दा मर्दकी रखौटी हुनु बेस । यो भनाइ गाउँघरमा यदाकदा मात्र होइन धेरै प्रचलनमा थियो र छ पनि तर उसले त्यो भनाइले मलाई किन आक्षेप लगाइन ? सायद ऊ अर्को मर्दसँग पोइल जाने खालकी थिइन । ऊ लक्ष्मणरेखाभित्र बस्थी । गाउँमा उसरी रावणहरूको कमी थिएन । उसले नभने पनि मैले यसबारे मनमनै धेरै पर्गेल्थेँ र उसको पतिव्रता हुनुमा गर्वबोध गर्थें । यी सब त्यस्तो थिएन, अगाडि अर्काको दुई पैसा खानु आमाको रगत खाए बराबर भने पनि पछाडि असाध्य हसुर्ने बानी भएकाहरूको स्वभाव जस्तो । मेरी स्वास्नी त्यस्ती थिइन, यद्यपि उसले एक छोरी र एक छोरा जन्माएकी थिई । ती दुई सन्तान मेरै थिए । मेरो ठोकुवा छ । यसमा कसैले शङ्का गरेको पाइएन । आमा पनि गर्वबोध गर्थिन्, अरू केही नभए पनि दुई वटा वंश धान्ने नातिनातिना त जन्माउन सकेको छ । उनको मनमा यो विचार आउँदो हो, छोरालाई लठेब्रो भनिहाले पनि सन्तानोत्पत्तिमा उसले कमी राखेको छैन । पछि गएर नातिनातिना टाठाबाठा र धनपैसाले धनी बन्ने पो हुन् कि ? कतैको डन वा माफियाका मुखिया बने भने पनि भो । पैसै कमाउने त हो जसरी भए पनि । समाजमा पैसाकै प्रतिष्ठा मान इज्जत छ । आमाको सोच यो । मुलुकको बिँडो थाम्ने हुने पो हुन् कि ? ठुला विद्वान् वा डाक्टर इन्जियर वा... । त्यसपछि आमा सोच्न सक्दैनथिन् । इन्जिनिर वा डाक्टर नै उनको दिमागले सोच्न भ्याउने ठुलाबडा थिए । डन, माफिता वा बिचौलिया उनी गाउँका गफमा सुन्थिन् र तिनलाई पनि ठुलाबडा नै मान्थिन् । मेरातर्पmबाट त उनी निराश भइसकेकी थिइन् ।
अहिलेको कुरो त्यी हो । म उसको अगाडि थिएँ याचकको हैसियतले । अघि एक दुई पटक पनि मैले भेटेर दुःख कहुँ भन्ने प्रयास गरेको हुँ तर उसले भेट दिएन । सेक्युरिटीमा बस्नेले भनेको थियो, “सरको मुडको कुरा हो ।” मुडको कुराबारे मलाई खासै ज्ञान थिएन । गाउँघरतिर जसलाई पनि भेट्न चाह्यो ऊ घरैमा भेटिन्थ्यो वा बाटोमा हिँड्दै गरेको वा बिहान भए जुवाहलो बोकेर खेतबारीतिर जोत्न जान लागेको तर उसलाई भेट्न यस्तो सुविधा रहेनछ । मान्छे कसैलाई भेट दिन आनाकानी गरेरै पनि ठुलो बनिदिँदो रहेछ । ऊसँग भेट्न मलाई सजिले होला भन्ने लागेको थियो । धेरै दिनपछि भनौँ नव वर्षपछि मलाई उसको सम्झना भयो । सानैमा उसका लागि मेले खोलो फर्काएर माछा पनि मारिदिएको थिएँ र अरूका बारीमा सप्लाएको हरियो काँव्रmो पनि चोरिदिएको थिएँ । माछा पनि र काँव्रmो पनि घर लगेर ऊ एक्लैले खाएको थियो । मलाई त्यो खान पाइनँ भन्ने तुस थिएन, न पछुतो नै थियो र न यी सम्झनलायक स्मरणीय घटना नै थिए । आयो गयो भयो । त्यसमा के छ र, माछा र काँव्रmो त हुन् ।
अहिले सम्झेको भन्ने पनि होइन । उसलाई म पछ्याएर यहाँसम्म आउन बल्ल मौका परेको थियो । मौका नपरी कहाँ भेट हुन्छ र भन्ने पनि थियो । भेट हुन भाग्यले जुरायो । मलाई मनमनै खुसी यस मानेमा लागेको थियो, उसले अवश्य मलाई अँगालो मार्ने छ । कुनै काम लिनुप¥यो भने सानैमा ऊ यसै गथ्र्यो । अँगालो माथ्र्यो, फकाउँथ्यो र काम फत्ते गराउँथ्यो । मलाई यस्तो लाग्थ्यो ऊ मेरो पूर्वजुनीको दाजु वा भाइ हो । म भाइ हुन रुचाउँदैनथेँ । त्
यसैले म उसलाई भाइको ठाउँमा राखेर माया गर्थें । अहिले पनि म उसलाई “के छ भाइ, सन्चै ?” भनेर सम्बोधन गरुँला र ऊ मलाई “के छ गाउँले, सन्चै ?” भनेर आत्मीय सम्बोधन गर्ला भन्ने थियो । तर परिणाम अर्कै थियो । परिणाम अर्कै भए पनि यो त हुनु नै थियो भनेर मैले चित्त बुझाउन सक्थेँ किनभने म त याचक थिएँ । खाली हात आएको थिएँ उसलाई भेट्न । भेट पनि भइरहेको छ तर कुनै उल्लास छैन र उमङ्ग पनि छैन, ममा होइन उसमा ।
मान्छे ठुलो भएपछि यस्तै हुन्छ भनेर सार्वजनिक घोषणा गर्न मिल्दैन तर उसको व्यवहारले म खिन्न हुनुपर्ने हो, भइनँ । मलाई सुरुदेखि लागेकै हो यो एक दिन यस्तै ठुलो मान्छे हुन्छ । टाढैबाट हेर्नुपर्ने, छुँदा मयल लाग्ने सफासुग्गघर र सुकिलोमुकिलो । मेरो हैसियत यो हो, ऊ हाँसे हाँस्ने, ऊ रिसाए चुप बस्ने ।
त्यही ठ्याककै भयो भनेर त नभनूँ । एउटा केही खुकुलो प्वाइन्ट त रहन्छ नै मानिसको व्यवहारमा । हरियो पोसाकको सेक्युरिटीले भनेको ‘उहाँको मुडको कुरा’ हो भने अनुसार उसको मुड खुसीको देखियो । कोठै उज्यालो । उसै पनि कोठा महँगो सजावट र किम्ती सरसामानका कारण उज्यालै थियो । मेरा लागि त कल्पनातीत थियो । कहिले देखेको भए पो कल्पना गर्नु । एउटा चाहना पनि थियो, आज देखियो उसलाई यसरी ठुलाबडा भैmँ बसेको अझ भद्रभलाद्मी नै भन्ने पो हो कि ? उसले कुन कुरामा हो कुन्नि घत लागेर मोबाइलमा मस्तले हाँस्यो । पोषण तìवले भरिपूर्ण हाँसोको आफ्नै धीरगम्भीर ध्वनि हुन्छ जुन मनमोहक पनि हुन्छ । अरू के के हुन्छ बयान गरिसाध्य छैन । फोन राखेपछि उसले मलाई हे¥यो ।
“ए तिमी पो । तिम्रो नामै पो मैले बिर्सेको रहेछु ।... अरू भन, कस्तो छ गाउँको खबर ?” गाउँ त रहेन, सहरी विकासको एक हिस्साका रूपमा अन्तर्भुक्त भइसक्यो । खेतबारी पनि सब उडिसके । सिमेन्टका भव्य भवन ठडिइसके । अलकत्रे सडकमा कारबसट्रक कुद्न लागेका छन् । यो भनेर उसको समय बिगार्नु थिएन । थाहै होला उसलाई । चुरो कुरोमा आउनु ठिक छ । मैले भनेँ, “घरमा स्वास्नी बिरामी छे । आमालाई अस्पतालमा भर्ना गरेको छु ।” ऊ सन्चबिसन्चो सोध्नतिर लागेन । अलिकति मुख बिगारेर भन्यो, “यसमा के गर्न सकिन्छ ?” त्यति सुन्नासाथ “हवस्, म त हजुरको दर्शन गरूँ भनेर मात्र आएको हजुर,” भन्दै विनम्रतापूर्वक फरक्क फर्केर ढोकाबाहिर र त्यसपछि उसको कम्पाउन्डको ठुलो र रङ्गीन फलामे गेटबाहिर हुनुपर्ने थियो तर बानी त उही हो । याचक थिएँ । बानी छाड्न सरिकरहेको थिइनँ । स्वास्नी भन्थी, “कति भन्नु माग्न नजाऊ, मागेर नल्याऊ, घरमै तरकारी सब्जी गोल्भेँडा टमाटर आलुप्याज लौका भान्टा इस्कुस उमारेर आर्जन गरौँ भन्छु, मरिगए माने पो ।”
कुरा यताको भइरहेछ, उसले भनेको ‘यसमा के गर्न सकिन्छ’ भनेकोमा मैले भनेँ ‘केही सहायता गरौँ न सर ।’ उसलाई सर भनिरहनु नपर्ने हो तर मुखबाट फुत्त त्यही ‘सर’ निस्क्यो जुन मैले सबैसँग विनम्रतापूर्वक याचना गर्दा भन्ने गर्छु । धेरै निहुरे मात्र हुँदैन, निहुरिनुका साथै मुखको चाकरी पनि पुग्यो भने मात्र दाताले मुठी खोल्छ । तर ऊ मान्छे चाम्रो हो । मुस्किलले घर्रा तान्यो, उसको मुखमुद्राले यो थाहा पाइन्थ्यो । बालसखा भेट्न आएको भन्ने हर्ष उसमा देखिएन । उसले घर्रा तानेर एउटा खाममा केही राख्यो । पैसा नै त होला । घण्टी थिच्यो र भित्र कार्यालय सहयोगीका रूपमा काम गरिदिने सेक्युरिटी आएपछि उसले त्यो खाम मलाई दिन सङ्केत ग¥यो । जान भनेर इसारा पनि ग¥यो । सहयोग चाहिएमा फेरिफेरि आउनु भनेन ।
भन्नु नै के थियो र ? बाहिर पुगेपछि मैले खाम खोलेँ । हतार त मलाई त्यही हेर्नमा थियो । उसले मलाई बस पनि नभनेकोमा मलाई पिरपिराउ थिएन । बसेर के हुने ? एकछिन गद्दादार कुर्सीको स्वाद जिउले थाहा पाउने मात्र त हो । त्यत्ति । खामभित्र जे छ त्यही नै हो सफलता । दुई चार हजार वा चार छ होला । हजार हजारका नोट नभए पाँच सयका दसबार वटा नोट । यो कल्पना थियो मेरो । तर धत् ! मेरो अगाडि अँध्यारो छायो । त्यस्तो कमजोर थिइनँ म । सबै दाता उदार हुँदैनन् तर यो त मेरो बालसखा थियो । मलाई एकछिन रुनु न हाँस्नु भयो । एउटा पाँच सयको नोट खिस्रिक्क मेरो हातमा आयो । लगेर फिर्ता गरिदिऊँ कि– ‘लौ राख तिम्रो यो पाँच सय, म भिख माग्न आएको हैन’ भन्दै । तर धेरै बेर समातिराखेर आव्रmोशित भइराखिनँ । पाँच सय नोटको पनि एक किसिमको सम्मोहन थियो । यत्ति पनि ठिक छ । मान्छे उहिलेदेखि गरिबको मर्का बुझ्ने होइन ऊ । पाए आफ्नै लागि सोहोर्ने प¥यो । धन्न यति पाँच सयको नोट पनि दियो । र मैले यो ध्यान दिनतिर लागिनँ नोट नयाँ थियो वा पुरानो । त्यसले हुने के ? पाँच सयभन्दा कम मूल्यमा चल्ने त होइन, नयाँ भए पनि पुरानो भए पनि । उसरी अचेल पाँच सयको मूल्य नै के छ र ? दियो यै भए पनि । यति सोच्दै, भन्नु परोइन, मैले घरको बाटो समातेँ ।