• ८ मंसिर २०८१, शनिबार

२०८१ साल मङ्सिर महिनाको राशिफल

blog

मेष :

सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा ख्याल पुर्‍याउनुपर्ने छ । कार्यव्यस्तता बढेर जानाले  शारीरिक परिश्रम केही बढी नै पर्न जाला । स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जाला । परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको सम्भावना रहेको छ ।  महिनाको पूर्वार्धमा खर्चको मात्रा बढेर जाने छ भने उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

वृष :

 शारीरिक आरोग्यता अनुकूल रहने छ । रमाइलो यात्राका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । आफन्त एवं प्रियजनसँगको भेटघाटले मन रमाउने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखा पर्ने छन् । महिनाको पूर्वार्धमा सफलता, धनागमका साथै हर्ष आनन्दका अवसर मिल्ने छन् भने उत्तरार्धमा अपव्यय, व्यर्थको विवाद, एवं सामान्य अस्वस्थताको योग छ  ।

मिथुन :

अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । प्रतिस्पर्धामा सफलताको सम्भावना छ । आत्मबल बढेर जानाले साहस पराक्रमसमेत बढेर जानेछ । साथीसङ्गतमा विचार पुर्‍याउनु होला । महिनाको प्रारम्भमा आँटेका काममा अनावश्क बाधाअड्चन आइपरे पनि उत्तरार्धमा क्रमशः हटेर जाने छन्  । घरायसी खर्चको मात्रा केही बढेर जानुका साथै सन्तानको चिन्ताले सताउने छ । महिनाको उत्तरार्धमा भाग्यले राम्रै साथ दिनाले आँटेको काममा सफलता मिल्नुका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।

कर्कट : 

 मानसिक प्रसन्नताका साथै शारीरिक आरोग्यता अनुकूल रहने छ  । पठनपाठनमा आएका बाधाअड्चन क्रमशः हटेर जाने छन् । भाग्यले साथ दिनाले आँटेका काममा सफलता मिल्ने छ । आफन्त तथा पारिवारिक भेटघाटले मन रमाउला । सामाजिक एवं धार्मिक कार्यमा सहभागी हुनुपर्ने छ । महिनाको उत्तरार्धमा अनावश्यक विवादमा पार्ने योग रहेकाले बोलीचालीमा ख्याल पु¥याउनुपर्ने देखिन्छ ।  आफन्तजनमा मनमुटावको स्थितिसमेत आइपर्ने देखिन्छ । आर्थिक क्षेत्रका कामबाट राम्रै सफलता  मिल्ने छ ।

सिंह :

 कार्यव्यस्तता बढेर जाने छ । यात्रा एवं सवारी चलाउँदा सावधानी अपनाउनु पर्ला । सन्तान एवं परिवारको चिन्ताले पिरोल्ने छ । ठूलो लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा राम्रो होला । सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा ख्याल पुर्‍याउनुपर्ने छ  । पठनपाठनमा मध्यम सफलताको योग छ । सामाजिक एवं धार्मिक कार्यमा अभिरुचि लाग्ने छ । आर्थिक पक्षका  कारोबारबाट मध्यम सफलता प्राप्त होला । महिनाको उत्तरार्धमा आकस्मिक यात्राका  साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् । 

कन्या : 

सफलताको महिना रहेको छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहला । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत प्रगति गराउने देखिन्छ । प्रतिस्पर्धामा सफलताको योग छ । रोकिएका काम क्रमशः बन्दै जाने छन् । हर्ष, आनन्द एवं मनोरञ्जनका अवसर मिल्ने छन्  । अध्यययन अध्यापनका साथै बौद्धिक क्षेत्रका काममा समेत राम्रै सफलता मिल्ने छ । धार्मिक एवं सामाजिक कार्यमा समेत अभिरूचि बढेर जाला । आर्थिक पक्षका काममा सफलता प्राप्त होला ।

तुला:  

 सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा ख्याल पुर्‍याउनुपर्ने छ । लेनदेनसम्बन्धी आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्ला । मानसिक दुबिधा एवं अस्थिरता केही बढेर जाला । अनावश्यक खर्चको मात्रा बढेर जाने छ । घरायसी एवं सन्तानको चिन्ताले पिरोल्ने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाला । सामाजिक एवं धार्मिक कार्यमा सहभागी हुनुपर्ने छ  । आँटेका काममा ढिलासुस्ती गराउने देखिन्छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् ।

वृश्चिक :  

कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने देखिन्छ । आँटेका काममा अनायासै बाधाअड्चन आइपर्ने छन् । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विशेष ख्याल पु¥याउनुपर्ने छ । महिनाको प्रारम्भमा स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ । पठनपाठनमा लागेको अभिरुचि यथावत् रहने छ । आर्थिक पक्षका कामबाट राम्रै सफलता हात पर्ला । पुराना साथीसँंगको भेटघाटले मन रमाउने छ । विविध वस्त्र एवं उपहार मिल्नुका साथै मनोरञ्जनका अवसरसमेत प्राप्त हुने छन् ।

धनु : 

घरायसी खर्चको मात्रा बढेर जाने छ । मानसिक अस्थिरता एवं दुबिधा बढ्न सक्ने देखिन्छ । महिनाको पूर्वार्धमा इष्टमित्रको रमाइलो भेटघाटले मन रमाउने छ  ।  बाधाअड्चन क्रमशः हटेर जाने छन् । नयाँ कारोबार तथा लेनदेनसम्बन्धी काममा सावधानी अपनाउनुपर्ने छ । अध्ययन अध्यापन जस्ता बौद्धिक क्षेत्रका काममा अभिरुचि बढेर जाला । धार्मिक एवं सामाजिक काममा सहभागिताको सम्भावना रहेको छ ।

 मकर : 

उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहला । पठनपाठनमा सफलताको योग छ । अनावश्यक विवादमा पार्ने योग रहेकाले बोलीचालीमा विचार पुर्‍याउनुपर्ने देखिन्छ । प्रतिस्पर्धामा सफलताको योग छ । आफन्त एवं साथीको  सहयोग प्राप्त हुने छ । अन्त्य साढेसातीका कारण नयाँ कारोबार एवं ठूला लगानी भने नगर्दा राम्रो हुने छ । महिनाको उत्तरार्धमा  धनागम तथा  मनोरञ्जनका अवसर मिल्ने छन् ।

कुम्भ : 

कार्यव्यस्तता बढेर जाने छ । शारीरिक आरोग्यता अनुकूल रहने छ । आर्थिक पक्षका कामबाट सन्तोषप्रद प्रगति हुने छ । नयाँ जोश जाँगरका साथ अघि बढेर जाने देखिन्छ । महिनाको पूर्वार्धमा  अनावश्यक बाधाअड्चन आइपरे पनि उत्तरार्धमा क्रमशः हटेर जाने छन् । अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । घरायसी खर्चको मात्रा बढेर जाने छ । महिनाको उत्तरार्धमा पारिवारिक सुख, मनोरञ्जन एवं रमाइलो यात्राको सम्भावना रहेको छ ।

मीन : 

कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने देखिन्छ  । शारीरिक आरोग्यता अनुकूल रहला । प्रतिस्पर्धामा सफलताको सम्भावना छ । महिनाको पूर्वार्धमा व्यर्थको विवादमा पार्ने योग रहेकाले बोलीचालीमा विचार पुर्‍याउनुपर्ने देखिन्छ । अध्ययन अध्यापनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्ने छ । कर्मचारीवर्गका लागि पदप्रतिष्ठा बढेर जानुका साथै पदोन्नतिको समेत सम्भावना छ । महिनाको उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।   

–युवामञ्च   

Author

ज्यो. हरिप्रसाद पौडेल