काठमाडौँ, मङ्सिर ३ गते । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन प्रति श्रद्धाञ्जली दिने र राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पुर्वसभामुख ढुङ्गानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो । ढुङ्गानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको छ ।