• ३ मंसिर २०८१, सोमबार

कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित

blog

टेकराज भट्टराई ।

काठमाडौं,  मङ्सिर २ गते । स्थानीय तह उपनिर्वाचन-२०८१ मा ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित हुनु भएको छ  । उहाँले आइतबार उम्मेदवारी दिनुभएको थियो । उहाँलाई नेपाली कांग्रेस पार्टीले बधाई समेत दिएको छ । 

नेपाली कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गर्नुभएका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरूलाई पनि नेपाली कांग्रेस केन्द्रीय कार्यालयले धन्यवाद व्यक्त गरेको छ । 

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले ओखलढुंगाको जिल्ला समन्वय मितिको सभापतिको पदमा एकजना पुरुषको मात्रै उम्मेदवारी परेको उल्लेख गर्नुभएको छ । आयोगले भने भट्टराईलाई निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी छ ।