• ३ मंसिर २०८१, सोमबार

रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग

blog

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु ।

काठमाडौं, मङ्सिर २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ८ गतेदेखि दोस्रो चरणको विरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ ।आइतवार वनस्थलीस्थित घण्टीघरमा पत्रकार सम्मेलन गरी रास्वपाका नेताहरुले पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने दबाबसहितको दोस्रो चरणको कार्यक्रम घोषणा गरेका हुन । 

 हिरासतभित्रै राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था हटाउनुपर्ने, विगत दुई दशकयताका उच्च ओहोदाका भ्रष्टाचारीहरुको न्यायिक छानविनका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधिशको अध्यक्षतामा न्यायिक छानविन समिति गठन गरी दोषीमाथि कारबाही गर्नुपर्ने सरकारसँग माग गर्दै दोस्रो चरणको कार्यक्रम घोषणा गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,‘रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन जोडदार माग गर्दै भविष्यमा कानूनी प्रावधानको दुरुपयोग गरी यस्तो प्रकारको वदनियतपूर्ण प्रतिशोध कुनै नागरिक विरुद्ध पनि नहोस् विद्यमान फौजदारी कानून तथा संरचनागत प्रणाली सुधार र परिमार्जन गर्न हामी ध्यानाकर्षण गराउँछौं ।’’ 

पत्रकार सम्मेलनमा पार्टीका नेताहरुले स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई मनोनयन दर्ता गराउने काममा पनि सत्तारुढ दलहरुले नदिएको आरोप समेत लगाएका छन् ।