• २५ पुस २०८१, बिहिबार

माओवादी केन्द्र समाप्तिको बाटोमा छ : पूर्वमन्त्री गुरुङ

blog

कार्यक्रममा पूर्वमन्त्री पार्वत गुरुङसहित पार्टीका अन्य नेताहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १ गते । सत्तारुढ नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र) समाप्तीको बाटोमा रहेको बताउनुभएको छ ।

पार्टीको गौरीशंकर गाउँपालिका काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उहाँले माओवादी केन्द्रलाई विकास विरोधी पार्टी भएको आरोप लगाउनुभयो । अझै पनि हत्या र हिंसामा विश्वास गर्ने पार्टी भएकाले उसको हैसियत राष्ट्रिय राजनीतिमा समाप्तीतर्फ रहेको उहाँको जिकिर छ । 

नेता गुरुङले माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएकाले आगामी स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई रोज्ने बताउनुभयो । नेता गुरुङले मुलुकलाई राजनीतिक स्थायित्व र विकास दिनका लागि काँग्रेससँग सत्ता सहकार्य गरेर अघि बढनु परेको पनि बताउनुभयो । 

माओवादी केन्द्रले कहिले एमाले, कहिले काँग्रेससँग मिलेर आफ्नो अस्तित्व मात्र जोगाइरहेको बताउनुभयो । एमालेले पार्टीको तर्फबाट गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको रुपमा उमा शेर्पालाई उम्मेदवार बनाएको छ । 


पार्टीका स्थायी समिति सदस्य डा. राजन भट्टराईले उहाँलाई पार्टीको तर्फबाट उम्मेदवारको टिकट औपचारिक रुपमा वितरण गर्र्नुभयो । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्य सरस्वती बस्नेतलगायतका नेताहरुले गौरीशंकर गाउँपालिकाको निर्वाचनमा एमालेले जित्ने दावी गर्नुभयो ।