• ७ मंसिर २०८१, शुक्रबार

हरिबोधिनी एकादशीको दिन रेसुङ्गा र गुल्मी दरबार गाउँपालिकामा सार्वजनिक बिदा

blog

गुल्मीदरबार गाउँपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, कात्तिक २६ गते । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिएको छ । 

हरिबोधिनी एकादशीको दिन धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा भैलो प्रतियोगिता पनि आयोजना गरिएकाले रेसुङ्गाको महत्वलाई उजागर गर्नका लागि नगरपालिकाले सार्वजनिक बिदा दिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो । 

रेसुङ्गामा एकादशीको दिन मेला लाग्ने भएकाले पर्यटकीय क्षेत्रलाई बडवा दिने उद्देश्यले मध्यनजर राख्दै प्रचार प्रसारको माध्यमबाट अगाडि बढाउन बिदा दिइएको नगरपालिका र गाउँपालिकाले जनाएको छ । 

रेसुङ्गा रहेको पोखरीमा स्नान गर्नाले पाप नष्ट हुने र रेसुङ्गा मन्दिरमा पूजा गर्नाले मनले चिताएका सबै पुरा हुने धार्मिक विश्वास रहँदै आएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसालले जानकारी दिनुभयो ।