• ११ पुस २०८१, बिहिबार

‘पूर्णबहादुरको सारङ्गी’ ले रच्यो इतिहास

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २४ गते । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकलाई सिनेमा हलसम्म आकर्षिते गर्दै मन जितिरहेको छ ।

यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३३५ सो पाएर कीर्तिमान बनाएको थियो तर एक महिनाभित्रै उक्त रेकर्ड तोडिएको हो । ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन हुँदा अन्य चलचित्र नभएकाले सुरुवातमै धेरै सो पाएको थियो ।  ‘पूर्णबहादुरको सारङ्गी’ लाई पनि हलवालाहरूले सुरुमा पत्याएका थिएनन् । कात्तिक १५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको यो चलचित्रले बिहीबार नेपालभरका सिनेमा हलमा ३८० भन्दा बढी ‘सो’ पाएको थियो । यसले नेपाली चलचित्रको इतिहासमै एकै दिन सबैभन्दा धेरै सो पाउने नेपाली चलचित्रको कीर्तिमानसमेत बनाएको फिल्म निर्माण संस्था सेभेन सिजले जनाएको छ । तिहारको अघिल्लो दिन शुव्रmबार दुई भारतीय चलचित्र प्रदर्शन भएसँगै हलहरूले चलचित्रलाई जम्मा ५७ सोमा खुम्च्याइदिएका थिए । भारतीय चलचित्र ‘सिङ्घम अगेन’ लाई उनीहरूले १२१ सो र ‘भुलभुलैया ३’ लाई ८३ सो दिएका थिए । चलचित्रले अहिले चार सयभन्दा बढी सो पाएको वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अस्टनारायण हललगायत हलले दिएको सोको हिसाबकिताब राम्रोसँग आएको छैन ।